२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

आज – बैशाख १९ मंगलवार को राशिफल


११२३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख १९, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आज जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आज कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । परिवारभित्र खटपट बढ्ने सङ्केत छ । सन्तानको माया पनि कम हुनसक्छ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । विवेकले काम नगर्न सक्छ छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार