२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

आज – जेठ १४ आइतवार को राशिफल


९८२९ पाठक संख्या
  • २०८० जेष्ठ १४, आईतबार मा प्रकाशित ११ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तान पक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    आज अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो यात्राको सम्भावनालाई नकार्न पनि सकिँदैन ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा दिनसक्छ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ अतः सचेत रहनु उचित होला ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक नसोचेको ठाउँ बाट धन हात पर्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    आज शुभकार्यको चर्चा चल्नेछ र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    बोलेको कुरा पुर्‍याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईंको आलोचना हुनेछ, तर जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आज परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार