२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आज बैशाख २९ गते शनिबारको राशिफल


५४०९ पाठक संख्या
  • २०८१ बैशाख २९, शनिबार मा प्रकाशित २ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ, तर प्राविधिक विषयमा बढी सफलता मिल्नेछ । सामाजिक क्षेत्रबाट मान मिल्नेछ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम पनि बन्ला ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शिक्षामा पनि सफलता पाइएला ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी निर्णय लिन सके थप अवसर प्राप्त होला । स्वादिष्ट भोजन पनि पाइएला ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    मन खिन्न हुने स्थिति आउनेछ । मालसामान हराउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ, तर वैदेशिक क्षेत्रको काम बन्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार