२०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

आज ४ फाल्गुण सोमवार को राशिफल


१६१३ पाठक संख्या
  • २०८२ फागुन ४, सोमबार मा प्रकाशित २0 घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मेहनतले लक्ष्यमा पुग्न सकिनेछ। पदीय जिम्मेदारी प्राप्त हुने योग छ। सामाजिक संघ समुदायको हितमा काम गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    प्रयत्न गर्दा दिगो कामको जग बसाउन सफल भइनेछ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। व्यापार व्यवसायमा लाभ र नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    परिस्थितिवस आफ्ना कामबाट अरुले फाइदा उठाउन सक्छन्। सद्विचार र सदाचारले अभिप्रेरित हुनेहरूलाई भाग्यको साथ मिल्नेछ। काममा आलस्य गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    शुभचिन्तक वा जीवनसाथीको सहयोगले रोकिएको कार्य सम्पादन हुनेछ। बिग्रेको कामलाई दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। व्यापार विस्तारलाई लिएर नयाँ योजनाहरू बनाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    सेवामुलुक काममा प्रवृत्त भइनेछ। कामको मेसो नमिल्दा कार्यक्षेत्रमा पछि परिनेछ। धेरै आम्दानी नभएतापनि व्यापार व्यवसाय सामान्य रूपमा चल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    अध्ययन अध्यापनमा सफलता हात लाग्नेछ। स्वास्थ्यको लागि आहारविहारमा ध्यान पुर्‍याउनुहोला। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    प्रतिक्षित नतिजा कमजोर देखिनाले मनमा आंशिक चिन्ता रहनेछ। गोप्य कुरा बाहिरिनाले घरेलु तथा सामाजिक समस्या आउन सक्ला। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    कार्यक्षेत्रमा कामको चाप बढ्न सक्छ। जग्गा जमिनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। पहिलाको सफलताले नयाँ काममा हौसला जगाउनेछ। भाइबहिनीहरूबाट विशेष उपहार प्राप्त होला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    आफन्तहरूसँग रमाइलो भेट हुनेछ। पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आर्थिक पक्ष सबल रहनेछ। दिगो कामको जग बसाउने समय रहेको छ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ६ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    प्रेमको बन्धन कसिनेछ। कार्यमा धैर्य वा लगनशीलताले शत्रुहरू आफैं किनारा लाग्नेछन्। महत्वकांक्षी योजना पूरा नभएतापनि पहिलाको उपलब्धि जोगाउन सफल भइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    परिस्थिति अनुसार चल्न नसक्दा पछि परिनेछ। शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। साइनो गाँस्नेहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    साझेदारी व्यापारमा लाभ रहनेछ। निर्णायक मोडहरूमा आफन्तहरूबाट सहयोग पाइनेछ। अप्ठ्यारो परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार