२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

“४ अर्ब ३५ करोड ५६ लाखको भ्रष्टलाई ४ करोड ५६ लाख धरौटी लिएर छोड्ने कानुन संशोधन गर्न आवाज उठाउनुहोस् क. प्रचण्ड- . प्रचण्ड- एन्ड देउवाजी !“


११५९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण १, शुक्रबार मा प्रकाशित २ साल अघि
  • –लक्ष्मण चौलागाईं विद्रोही

    वैदेशिक कर्जा तिरेर देश समृद्द बनाउने कुरा खै
    गर्भको भ्रुण नै ३५० अमेरिकी डलरको ऋणी जनाधिकार हो ??
    – केपी ओलीको कार्यकाल कति समय रहयो र त्यहा लगानी भएको ८ खर्ब ५७ अर्ब कताकता लगानी भो ?खोजी गरियोस् !
    सहिदको मर्म नै देशको मर्म भएकोले जनता भोका र शासक मोटा हुने संसदीय दलाल व्यवस्थाको विकृतिलाई अन्त्य गर्न उपचार भ्रष्टाचारीबाट गर्नुपर्यो ।
    को बाम को कांग्रेस को पन्चे र को मन्डलेको कित्ताकाटको अन्त गर्न समान गणतन्त्र महलदेखी झुपडी सम्म आउनुपर्यो।
    स्वदेशी मजदुर विदेशमा लिलामी श्रम गरि रेमिटेन्स पठाएको सम्झेर त्यो रगतपसिनालाई भत्ताबाट लिएर दाम अनुसारको काम नगर्ने ठग संसदीय व्यवस्था जनवाद तर्फ केन्दृत हुन यसको समूल अवसान गर्न सक्नुपर्यो ।अनि महान सहिदको शालिकमा बर्सेनि गोहीका आँसु चुहाइरहनु पर्दैन।
    आयातित मार्केट बन्द गरि नेपालबाटै धान्न सकिने विकल्प जलशक्तिल धनी देश नेपालको कृषी प्रधानको गरिमा स्थापित गर्न जनतालाई बाटो,पुलपुलेसा ,पानी,मल,बीउ ,औजार बजार दिन सक्नुपर्यो ।
    मलमा कालोबजारी र बिउमा तस्करी राज गर्नुभएन ।
    कृषकलाई अतिरिक्त मुल्यको मारमा डस्दै ढाडमा दाल दल्नुभएन ।अनि व्यवस्थाको नाम संसदीय व्यवस्था भए पनि फरक परेन नत्र यो आत्मघाती व्यवस्था जसले हजारौंको बलात्कार र हत्या हुदा वास्ता गरेन ।
    भ्रस्टाचारीहरु धमाधम कम धरौटीमा छुट्ने र सत्ता इन्ट्रीका मार्गहरु प्रशस्त भएको खतराप्रती जिम्मेवार प्रचण्ड देउवाहरु सचेत हुनुपर्ने छ नत्र जिम्मेवार नेताद्वय हुनेछन् !लोकतन्त्र भनेको अभ्यास हो प्रयास होइन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार