२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

कोरोनाका नाममा विकास निर्माणका योजना माथि मनोमानी


३२६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • कोभिड–१९ ले सिंगो विश्वलाई नै प्रभावित पा¥यो । जसको प्रभाव नेपालको आर्थिक वर्षका नीति तथा कार्यक्रममा समेत परेको अर्थमन्त्रीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले देखायो । जसको अनुशरण गर्दै स्थानीय सरकारले आफू खुशी नीति तथा कार्यक्रम प्रस्तुत गरेको तथ्य प्रष्टै छ ।

    नीति तथा कार्यक्रम तयार पार्नको लागि जुन किसिमका प्रोपोगाण्डाहरु भए, त्यसले पनि यि कुराहरुलाई पुष्टि गर्दछ भन्छन् युवा नेता आइत सिं तामाङ । उहाँको थप कथन छ– कोभिडको बाहानामा कोठाभित्र बसेर आफू खुशी योजनाहरु तयार गर्नु कतिको व्यवहारिक होला ? वडा भेलाद्वारा छनौट गर्नुपर्ने परम्परा, संस्कारलाई लत्याउँदै कोठे निर्णयद्वारा योजना छनौट भएका छन् । यहाँसम्म कि कतिपय वडाहरुमा त वडा अध्यक्षलाई समेत ओझेलमा पार्ने काम भएको छ । नेतृत्वले आफ्ना हनुमानहरुको सिफारिसमा उनीहरुलाई पोस्ने किसिमले योजनाहरु छनौट भए । निर्वाचन आउन अझै दुई वर्ष बाँकी छ तर यो पटक प्रस्तुत नीति तथा कार्यक्रमलाई नियालेर हेर्ने हो भने निर्वाचन लक्षित योजना तयार भएका हुन् कि भन्ने संकेत गर्दछ ।

    यसले स्थानीय सरकारको लोकप्रियता माथि प्रश्न चिन्ह खडा गरेको तामाङको तर्क छ । त्यस्तै अधिवक्ता हरिशरण बस्नेत भन्छन्– नीति तथा कार्यक्रम नितान्त पूर्वाग्राही ढंगबाट आएको महसुस भएको छ । विगतका नीति तथा कार्यक्रममा परेका योजनाहरुलाई निरन्तरता दिइने भनिएता पनि नेतृत्वको भनाइ र गराइले दोहोरो भूमिका खेलेको प्रष्टै हुन्छ । यस किसिमको चरित्र देखाउनु नेतृत्वले न्यायसंगत गरेजस्तो लाग्दैन । पूर्वाग्राही किसिमले प्रस्तुत हुँदा विकास निर्माणमा दीर्घकालिन असर पुग्ने देखिन्छ । त्यसैले कार्यकर्ता पोस्ने ढंगबाट नीति तथा कार्यक्रम आउनु उचित नभएको अधिवक्ता बस्नेतको दाबी छ । स्थानीय सरकारले त समान व्यवहार गर्न अरुलाई समेत प्रेरणा दिनुपर्ने हो । यहाँ त चुनाव सकिएको पनि ३ वर्ष बित्दै छ तर पनि चुनावको अवशेष जीवितै छ भन्ने सन्देश प्रवाह भएको छ । यसको प्रमाणका रुपमा विभेदपूर्ण व्यवहारले पुष्टि गर्दैछ । यो संस्कारले समृद्ध नगर नभई ओरालोतर्फ धकेल्ने सम्भावना अधिक रहेको अधिवक्ता बस्नेतको दाबी छ ।

    यी अभिव्यक्तिसँग रोशी गाउँपालिकाका अध्यक्ष प्रखर वक्ता डिबी लामा मोक्तान सहमत छैनन् । आफूले माथि भने जस्तो कुनै पनि कोठे निर्णय नगरेको ठोकुवा गर्दै कोरोना समस्या एकातिर छ तर विकास निर्माणमा कुनै त्यसको तुष राखेको छैन । निर्वाचनमा म एउटा पार्टिबाट उम्मेदवार थिएँ । जब निर्वाचित भएँ, त्यसपश्चात् समग्र रोशीवासीको अगुवा भएको छु । भन्नैपर्दा, गोठालोको रुपमा रहेको र खबरदारी गर्दै आएको छु । मेरा लागि सम्पूर्ण रोशीवासी समान छन् । मबाट कुनै किसिमको पूर्वाग्राही ढंगबाट काम भएको पनि छैन र हुने पनि छैन भन्नुहुन्छ अध्यक्ष मोक्तान ।

    समग्र अभिव्यक्तिहरु सिंगो मुलुकभित्रका स्थानीय सरकारहरुका प्रतिनिधि पात्रका रुपमा आएका छन् । यी अभिव्यक्तिले स्थानीय भावना र सरकारका गतिविधिहरुतर्फ औंला उठाएको प्रष्ट देखिन्छ । यदि यस किसिमका पूर्वाग्राही ढंगबाट अगाडि जाने हो भने संघीयतामाथि नै जनताको विश्वास टुट्ने छ । प्रत्येक नागरिकले यस विषयमा प्रश्न नउठाउलान् भन्न सकिन्न ।

    हुन त बहुलवादभित्रको महत्वपूर्ण गहना मानिन्छ यो चरित्रलाई । सक्नेले जे पनि गर्छ, कमजोरलाई पाखा लगाउनु नै बहुलवाद हो । पछिल्ला घटनाक्रमले पनि ती कुराहरुलाई पुष्टि गरेको यो पंक्तिकारको अध्ययनले देखाएको छ । यहाँसम्म कि एउटै आस्थाभित्र पनि गुट उपगुट जन्मनु, त्यहाँभित्रको चलखेल मौलाउनुले यी कुराहरुलाई पुष्टि गर्दछ । यसले पनि प्रष्ट हुन्छ, निषेधको राजनीतिले मुलुकलाई कता लग्ने हो ? भन्न सक्ने अवस्था छैन । प्रत्येक पाइलामा निषेधको खेल कतिको व्यवहारिक होला ? सोचनीय विषय भएको छ । यस किसिमको घृणित खेलले भोलि नेतृत्व नै संकटमा नपर्ला भन्न सकिँदैन । त्यसैले निषेधको चलखेलबाट आफूलाई माथि उठाउन समग्र राजनीतिक वृत्त मात्र नभई पत्रकार जगतलाई पनि यो पंक्तिकारको आग्रह छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार