२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

कुर्सी जोगाउन राष्ट्रियताको दुहाई


३५९९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  •  

    प्रल्हाद शर्मा हुमागाई

    मुलुकलाई कोभिड–१९ ले छियाछिया पारेको घाउमा प्राकृतिक विपद्ले नुनचुक लगाउँदै छ । इतिहासमा कहिल्यै नभित्रिएको संकट मुलुकमा भित्रिएको छ । यो संकटको घडीलाई कसरी समाधान गर्ने भनेर सहकार्य गर्नुको सट्टा राष्ट्रवादको दुहाई दिएर विषयवस्तुलाई अन्यत्रै धकेल्न खोज्नु कहाँसम्मको सक्षमता हो ? यो सोचनीय विषय भएको छ ।

    जिम्मेवार पदमा रहेका व्यक्तिले गैर जिम्मेवारीपन देखाउँदा कुन अवस्था सिर्जना होला ! ति नै जिम्मेवारी बहनकर्ताले महसुस गर्नुपर्ने हो तर ठिक यहाँ त उल्टो भएको देखिन्छ । यो अवस्था सिर्जना गरेर उन्मुक्ति प्राप्त हुन्छ भन्ने नेतृत्वले नसोच्दा व्यवहारिक होला ।

    प्राकृतिक विपद्ले मुलुक नै धरासायी हुने अवस्थामा पुगिरहेको परिवेशमा कार्यकारी प्रमुखबाट आएका अभिव्यक्तिले के सन्देश दिन्छ ? के सिकाउँछ ? जिम्मेवार व्यक्तिबाट नेपाली जनताले यस्तै अभिव्यक्तिको अपेक्षा गरेका हुन् ? के कार्यकारी प्रमुख दुई चार जना झोलेको मन शान्तिका लागि बनेका हुन् ? होइनन् भने विपद्को घडीमा किन नौटंकी गर्दै हिँडेका छन् ? यो सोचनीय विषय हो कि होइन ? अनावश्यक फलाक्दै हिँड्नुभन्दा अबिरल वर्षाका कारण लाखौं लाख नागरिकहरु बाढी, पहिरो र डुवानमा छन् ।

    ति लाखौं जनताको पिडामा मलमपट्टि लगाउने किसिमको अभिव्यक्ति दिएको भए के बिग्रिन्थ्यो ? भारतले अनाधिकृत रुपमा अन्तर्राष्ट्रिय नियम विपरित बाँध बाँधेका कारण तराईका लाखौं लाख जनता डुवानमा छन् । त्यो विषयमा कार्यकारी प्रमुखको तवरबाट भारतीय समकक्षीलाई सोझै कुरा राख्ने प्रयास गरेको भए एकपटक भारत पनि झस्किन्थ्यो, तराईका लाखौं लाख नेपालीको मन पनि जितिन्थ्यो । त्यतातर्फ ध्यान छैन, छ त “मुता न्यानो” भनेझैं दुई चार जना झोलेहरुको काला कर्तुत छोप्नका लागि बेमौसमी बाजा बजाउँदै हल्का अभिव्यक्ति दिँदै हिँड्नु कतिको जायज होला ?

    मुलुकको कार्यकारी प्रमुखबाट आएका ति अभिव्यक्तिले नेपाली जनहरुलाई कतिको फाइदा पु¥याउला ? सोचनीय विषय भएको आम राजनीतिक विश्लेषकहरुको दाबी छ । जुन अभिव्यक्ति पुरातत्व विभागले दिनुपथ्र्याे, जुन अभिव्यक्ति परराष्ट्र मन्त्रालयले कुटनीतिक तवरले दिनुपथ्र्याे ति सबै मर्यादा तोडेर कार्यकारी प्रमुख प्रस्तुत हुनुले अन्तर्राष्ट्रिय स्तरमा कार्यकारीको होइन कि नेपाली जनको छविका बारेमा प्रश्न चिन्ह खडा गरिदिएको छ ।

    यावत् प्रश्नहरुको जवाफ कार्यकारी प्रमुखलाई घुमाउने झोलेहरुसँग छ ? लकडाउनमा एक घुट्को पानी पिउन नपाएर तड्पिँदै पैदल यात्रा गरेका मतदाता, प्राकृतिक विपद्ले छियाछिया भएका लाखौं मनहरुका अगाडि कुन मुख लिएर फेरि मत माग्न जाने ? जवाफ छ ? बेथिति भयो, सुधार भन्दा सत्ताको रस्वाद नपाउनेहरुको पिडा हो यो भन्ने कार्यकर्ताहरुले नै नेतृत्वलाई भ्रष्टिकरणतर्फ उन्मुख गराएर बर्बाद बनाएको आम नेपाली जनको बुझाई छ ।

    विपक्षको भूमिका आफ्नै पार्टीबाट निम्तिनु कतिको कुशल नेतृत्व रहेछ भन्ने त सचेत वर्गले राम्रै मूल्यांकन गरिरहेका छन् । यो हदसम्म आउँदा पनि झोलेहरुका घैंटामा घाम लाग्दैन भने भीर चढ्ने गाईलाई राम राम भनेजस्तै हो ! कार्यकारी प्रमुखका बारेमा भन्नेहरुको लाम लामै भेटिएको छ । तसर्थ, राजनीतिक अविष्ट पूरा गर्न जुन किसिमको हर्कत गर्दैछौ, कालान्तरमा त्यो नै गलाको पासो हुनेछ । कार्यकारी प्रमुखज्यू सुविधा सम्पन्न आलिशान गाडीमा हुइंकिएर अत्याधुनिक मञ्चमा उभिएर भाषण गर्नेहरुले सिमानामा ज्यानको बाजी थापेर भूगोल जोगाउने जनतासँग देशभक्तिको प्रमाणपत्र माग्छन् र मानमर्दन गर्छन् ।

    जब कि सीमा स्तम्भ जोगाउँदा कतिले भारतीय फौजको अपशब्द सहेका छन्, कति त भौतिक आक्रमणका सिकार भएका छन् । अझ भन्नैपर्ने हो भने सपूत नेपाली आमाका छोराहरुले गोली समेत थापेको इतिहास खोज्न टाढा जानुपर्दैन । त्यसैले कसैको भावना र संवेशनशीलतालाई चोट पु¥याउने किसिमबाट अभिव्यक्ति दिँदैमा महान् बन्न सकिन्नँ । कार्यकारी प्रमुखज्यू सक्नुहुन्छ भने सीमानामा बिना वर्दीका सीमा रक्षकको मनोबल बढाउने काम गर्नुस् । चेतना भया ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार