२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

उपत्यकावासी मात्रै नेपाली जनता, सार्वजनिक यातायातबाट जाँदो रहेछ कोरोना


३९३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • प्रल्हाद शर्मा हुमागाई
    सरकारको साँघुरो सोचका कारण उपत्यकावासी धरासायी बन्दैछन् । उपत्यकावासी मात्रै जनता हुन् भन्ने आशयले सरकार प्रस्तुत हुनु गम्भीर भुल हो । दैनिक दशौं हजार नागरिक विभिन्न नाका हुँदै उपत्यका प्रवेश गरेकै कारण आज उपत्यकाको अवस्था दयनीय भएको छ ।

    यो अवस्थामा पु¥याउने कार्य उपत्यकावासीको नभई सरकारको गलत रबैयाका कारण हुन पुगेको छ । कोरोनाको बारेमा दीर्घकालीन योजना बिना नै अपरझट गरिने निर्णयले उपत्यकावासीलाई संकटको भुमरीमा धकेल्न विवश बनेको छ । यो गम्भीर अवस्थामा सरकारसँग प्रष्ट नीति र योजना छैन । उही धुलमुले र टाल्टुल प्रकृतिबाट कुर्सी जोगाउने खेलमा सरकार रुमलिएको छ । जसका कारण नेपाल र नेपालीकै नैतिकतामाथि गम्भीर प्रश्न उठिरहेका छन् । तसर्थ, यस्तो गतिविधिका विरुद्ध सचेत नागरिकले आवाज बुलन्द गर्नु आजको आवश्यकता हो ।

    सुन्दा अचम्म लाग्न सक्छ, यो यथार्थ भएको छ । अहिले सरकारका लागि एक जिल्लाबाट अर्काे जिल्ला सार्वजनिक यातायात बाहेक सबैलाई ओहोरदोहोर गर्न छुट छ । जसका कारण उपत्यका प्रवेश गर्ने हजारौं यात्रु लुटिन बाध्य भएका छन् । चाहे त्यो नागढुंगा नाका होस् या साँगा नाका । जब नाकाहरुमा यात्रु ल्याएर छोडिन्छ, तब १० मिटर आसपासमा जुका झैं ठडिएर बसेका प्राइभेट साना गाडीहरुले ति यात्रुहरुलाई लुछ्न सुरु गर्छन् । २÷३ किलोमिटरको दूरी यात्रा गरेबापत २ हजारसम्म तिर्नुपरेको यात्रामा सहभागी खोटाङ्ग–हलेसी घर बताउने निरु राईको गुनासो छ । उहाँदेखि साँगासम्म आउँदा पनि कोरोना र प्रहरीको नाममा गाडी चालकले लुट्यो ।

    साँगाबाट जगातीसम्म आउँदा पनि लुटियो । कोरोना, प्राकृतिक विपत् र सरकारको गलत निर्णयका कारण पलपलमा लुटिन पुगेका छौं । हिजो एक हजारमा काठमाडौंसम्म आइपुगिन्थ्यो तर आज प्रहरी र कोरोनाको हाउगुजी देखाउँदै १० हजारसम्म तिर्नुप¥यो । सरकारले कति राम्रो नीति बनाएछ । एउटा जिल्लाबाट अर्काे जिल्लामा दुःखी, गरिब जानुप¥यो भने प्राइभेट व्यवसायीहरुको मुखबोली भाडा तिर्न बाध्य बनाएछ । यो गरिब, निमुखाहरुलाई लुट भनेको हो । सायद हिजो कम्युनिष्टलाई भोट हालेको उपहार होला यो ! उहाँसँगै यात्रामा सरिक सरिता पौडेलको पनि गुनासो उस्तै उस्तै छ– हिजो ज्यानको बाजी लगाएर भोट माग्दै हिँड्दाको उपलब्धी आज उपयोग गर्न पाएका छौं । काठमाडौंका मात्र जनता रहेछन्, मुलुकका अन्य भूभागमा बसोबास गर्ने नेपाली जनता होइनन् भन्ने सरकारको क्रियाकलापले पुष्टि गरेको पाएका छौं । पूर्व–मेची देखि पश्चिम–महाकाली सम्मका जनताहरु उपत्यका छिर्ने नाकासम्म ओहोरदोहोर गर्न छुट छ तर उपत्यका प्रवेश गर्ने नाकामा कडाई गर्नु भनेको उपत्यकामा मात्र बसोबास गर्ने नेपाली जनता हुन् भन्न खोजिएको होइन ?

    अर्काेतर्फ गरिब, निमुखाले प्रयोग गर्ने सार्वजनिक यातायातलाई जिल्ला प्रवेशमा रोक लगाएर राता नम्बर प्लेट र साना गाडीहरु निर्वाह रुपमा सडक नै जाम हुने गरी गाडि गुड्नुले सरकारको नियत र कोरोनाका बारेमा थप भनिराख्न नपर्ला । त्यस्तै जिल्लाभित्र गुडेका सार्वजनिक गाडिले असुल्ने चर्काे भाडाका बारेमा पनि सरकारका हुनमानका कानमा तेल राखेर बसेको महसुस सर्वसाधारणले गुनासोको रुपमा पोखेका छन् ।

    काभ्रे जिल्लाकै मुटु बनेपा, पनौती, धुलिखेलमै आवतजावत गर्ने यात्रुले राज्यले निर्धारण गरेको भाडादरभन्दा ५० देखि १ सय प्रतिशतसम्म असुलिरहेका छन् तर सरोकारवाला निकाय मौन छ । देखेको नदेखे झैं सुनेको नसुने झैं गरी बुझ पचाइरहेको छ भने जिल्लाका अरु भूभागमा गुड्ने गाडीले कस्तो व्यवहार गरिरहेका होलान् ? खोजीको विषय बनेको छ । यो लुटाहा गतिविधिका बारेमा कसले आवाज उठाउने ? कसले बोलिदिने ? जनता निरिह भएर मुखबोली भाडा तिर्न विवश छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार