२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

बुढो ज्योतिषलाई के थाहा लिभिङ्ग टुगेदरमा जोइपोइ साट्ने चलन


४५१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • –दिनेश राज खरेल


    नेपाली साहित्यको विकास पूर्विय दर्शनवाट सुरु भएको हो । साहित्यमा यो क्रमलामो समय चलिरह्यो । हाल समयले फड्को मारिसकेकको छ । विकाससँग साहित्य आधुनिकतावादतर्फ मोडिएको छ । आधुनिक नेपाली साहित्यमा थुप्रै कृतिहरु आएकाछन्, तर दर्शन साहित्यसँग सम्बन्धित कृतिकमै मात्र भेटिन्छ । कविडि.पि. आत्रेय कवितामार्फत दर्शनको महत्व बुझाउने प्रयास गर्नु भएको छ ।

    कृतिमालामा, छोटागरि ३२ वटा कविता संग्रहित छन् । अधिकांश कविताहरु लामो लामो रहेकाछन् । सवैभन्दा लामो कविता ११ पेजको छ । यो कविताको शिर्षक ‘‘गुरुले रुवाए धुरुधुरु” हो । छोटा कविता पनि छन् । ‘‘मेरो स्वर योग” शिर्षकको कविता जम्मा चार लाइनको छ । म यो कविता उद्वतगर्न चाहान्छु ।

    “भय साँचेर जिवीत छु
    साहस बोकेर बिजयी
    पिञ्जडालाई आकाशबनाउँछु
    आकासलाई कारागार ।”

    कविताका शिर्षकहरु सामान्य लाग्दछन् तर शिर्षक अनुसार कविताले समाज, परिवेश र भोगाईहरु बोलेको छैन । प्रत्येक कवितामा ऐतिहाँसिक र धार्मE0क दर्शन सिद्धान्तलाई व्यक्त गरिएको छ । कवितामा सुतेको मान्छे कलि, हाई काड्ने द्वापर, उठेने त्रेता र कामगर्ने मानिसलाई सत्ययुगसँग तुलनागरिएको छ । यो कविता कृति सरल तरिकावाट बुझ्न कठिन छ । कविता सामान्यतया विम्ब प्रधान हुन्छन् तर आत्रेयका कवितामा दार्शनि कविम्ब लुकेको छ ।

    समग्र कवितामा रामायण, गीता, महाभारत, बेद, पुराणमा वर्णित पात्रहरुलाई उभ्याइएको छ । धर्मराज, यमराज, भीष्म, दुर्वासा, इन्द्र, कर्ण द्रौपती, पाण्डु, राधा, कृष्ण आदिको नामलाई संयोजन गरिएको छ । अनुसन्धानीय वास्तुशास्तत्र कवितामा ज्योतिष विज्ञान र आधुनिक विज्ञानलाई तुलना गरिएको छ । सो कविताको एक अंशयस्तो छ ।

    “पृथ्वीब्रम्हकि सूर्यै वाभचक्र?
    भचक्रभन्नु पर्नेमा पृथ्वी भन्दछन्
    विज्ञानका सामुआफ्नो अनुसन्धानसिद्ध
    बल छैन बास्तुशास्त्रको
    वास्तुशास्त्री रकेटमाचढेर हेर्दैन्
    टेलिस्कोपमा आँखा सटाउँदैन
    भू–उपग्रहमा उसको दृष्टिलाग्दैन
    ज्योतिषशास्त्रलाई पनि गालीगर्छ बहुधा ।”

    कविले सिद्धान्तलाई साहित्यमा ढालेका छन् । यो सैद्धान्तिक धरातलले प्रायोगिक क्षेत्रलाई चुनौति दिने प्रयास गरेको देखिन्छ । बुढो ज्योतिष कविताले प्रतिरोधी चेतनाको अवस्थालाई उच्च बनाएको छ । कवितामा भनिएको छ “लिभिङ्गटुगेदरको संस्कृतिमा प्रत्येक रात जोइपोइ साटिन्छ । त्यसवाट जन्मिएको बच्चाले के गर्ला ? ज्योतिषले पत्ता लगाउन सक्दैन । कवितामा यसले सामाजिक चुनौति थपिदिएको छ र साँस्कृतिक र राजनैतिक अध्ययनको विषय वनाएको छ । खोक्रो आदर्शका सामुन्ने भिक्टोरिया क्रस जितेर पनि निरीह भएको तितो यर्थाथले कविलाई कमजोर बनाएको छ । समाजको दुई चारित्रिय प्रवृतिलाई कवितामा प्रश्न उत्तर शैलिमा प्रस्तुत गरिएको छ । ”

    कठिन शब्दको प्रयोगले कविता बुझ्न गाह्रो छ । प्रस्तुतीमा जटिलता रहेको पाइन्छ । घुमाउरो भाषाका कारण कविता दोहो¥याई, तेह¥याई पढ्न बाध्य गराँउछ । अन्यायीन्याय, तिमी र म, अर्धाङ्गिनीका सामुमा, मौन सामथ्र्य कविताहरु उत्कृट छन् । जागयुवा, आजको राजनीति जंगवहादुर, नवम हाराजको प्रशस्तिक विताहरु राजनितिक अध्ययन र बहसको विषय बन्ने निश्चित छ ।

    आत्रेयले आफ्नो प्राज्ञिक क्षमता देखाउनु भएको छ । तर, पाठकलाई ध्यान दिइएको पाइदैन । आजको समयमा नयाँ सिद्धान्त लाई प्रयोगमा ल्याउनु राम्रो हो । त्यो सिद्धान्तलाई बहसमा ल्याउन कवितामा आधुनिक पाठकलाई ध्यानदिनु जरुरी थियो । दोस्रो संस्करण प्रकाशित भईसकेको कृति विश्वविद्यालयमा व्यवस्थापन शास्त्रमा पढाइहुनु पर्ने जिकिर छ । पुस्तकमा सांस्कृतिक र दार्शनिक पक्ष धेरै भएकोले अन्य विश्वविद्यालयको आकर्षण बढ्ने देख्न सकिन्छ । हाल सम्म बौदिक बहसमा नआएको पुस्तक खुलाबौदिक बहसमाल् याउनु पर्ने आवश्यकता देखिन्छ ।

    आजको रिमिक्स बजारमा यो कृतिका पाठक भेट्न गाह्रो छ । बौदिक पाठकले भने यो कृति सुरक्षित गर्ने नै छन् । समयसँगै आवश्यकता र महत्वका आधारमा कृतिभित्रका एक–एक कविताहरुको समिक्षा र विवेचनाहुँदै जालाआश गरौं । तुलनात्मक रुपमा कविता अर्थपूर्ण रहेका छन् र समाधानको खोजी पनि कवितामार्फत गरिएको छ । संग्रहित कृतिले नेपाली कवितामा नयाँ आयाम थपेको कुरालाई नकार्न सकिदैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार