२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

धार्मिक क्षेत्रमा लागेर मानिसहरुले समाज विकासमा टेवा पुर्याउंछन्


३८९६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण २१, बिहिबार मा प्रकाशित २ साल अघि
  • –ंदिनेश राज खरेल
    धर्मसँग समाजसेवा पनि जोडिएर आउँछ । यि आपसमा अन्र्तनिहित छन् । धार्मिक क्षेत्रमा लागेर मानिसहरुले समाज विकासमा टेवा पु¥याएका उदाहरण धेरै छन् । त्यस मध्यको एक व्यक्ति हुनुहुन्छ पंण्डित तथा ज्योतिष अमृत प्रसाद पराजुली ।
    पण्डित पराजुली पेसाले जजमानी गर्नुहुन्छ । उहाँका आफ्ना थुप्रै जजमान छन् । साथै कर्मकाण्ड, ज्योतिष, बास्तु र विशेषत भागवत वाचन उहाँको रुचि हो । पराजुलीले तन्त्र साधनामा सिद्धि प्राप्त गर्नु भएको छ भने चार बेद, अठार पुराण लगाएत वाल्मिकी क्याम्पस काठमाडौंवाट इतिहाँस, व्याकरण र पुराणमा शास्त्रि सम्मको अध्ययन गर्नु भएको छ ।

    सबै धर्मलाई सम्मान गर्नुहुने पण्डित पराजुली हिन्दु धर्मलाई प्राथमिकतामा राख्नु हुन्छ । हिन्दुधर्म सनातनी धर्म भएकोले यसको संरक्षणमा लाग्नु पर्ने उहाँको भनाई छ । धर्मको रक्षा, गाईको संरक्षण, वेद–पुराण र मातृभूमिको सुरक्षामा प्रतिवद्ध हुनु नै हिन्दु धर्मको सिद्धान्त रहेको उहाँको वुझाई छ ।
    रेडियो नेपालको संस्कृत समाचार वाचक तथा व्यासाचार्य पण्डित श्री र ामहरि दाहाल उहाँको मुल गुरु हुनुहुन्छ । गुरुबाटै प्रेरणा र आर्शिंवाद पाएर समाजसेवामा पनि केहि योगदान गर्न सकेको अनुभव सुनाउनु हुन्छ । पण्डित पराजुलीले भागवत वाचन मार्फत मन्दिर निर्माण र एम्बुलेन्स खरिदको लागि सहयोग रकम संकलन गर्नु भएको छ । उक्त रकमले धादिङ्ग जिल्लामा एम्बुलेन्स सेवा संचालन भएको छ भने काभ्रेको भूम्लृु गाउँपालिकामा श्री मूलखर्क भिमसेन मन्दिरको भौतिक संरचना निर्माण गरिएको छ ।
    पराजुलीको जन्म २०४१ साल आश्विन महिनाको शरद ऋतुमा भएको थियो । बुवा पण्डित चन्द्र प्रसाद पराजुली र आमा कौशिला पराजुलीको जेष्ठ पुत्रको रुपमा यस धर्तिमा आँखा खोल्नु भएको हो । उहाँको पवित्र जन्मभूमी हालको भुम्लु गाउँपालिका वडा नं. ५ सल्ले हो । उहाँले प्रारम्भिक शिष साउने प्राथमिक विद्यालयवाट गर्नु भयो । श्री प्रकाश उच्च माध्यामिक विद्यालय हुँदै बाग्देवि माध्यामिक विद्यालयवाट एस.एल.सी. पास गर्नु भएको हो ।
    परिवारमा हजुरवुवा र वुवा पनि पण्डित नै भएकोले पारिवारिक प्रभाव पर्ने नै भयो । त्यहि पृष्ठभूमिलाई अगाल्दै उहाँ एस.एल.सी. पछि संस्कृत विश्वविद्यालयमा भर्ना हुनु भयो । आफू फेस रिडर र झारफुक पनि गर्ने बताउनु हुने पण्डित पराजुलीले स्वध्यानबाट नै आचार्य सम्मको अध्ययन गर्नु भयो र हाल प्रखर पुराण बाचकको रुपमा चर्चामा रहनु भएको छ ।
    उहाँ भगवानका महान वाणिले युक्त भागवतमा रुचि राख्नु हुन्छ । पराजुलीको कोकिल कण्ठी स्वरमा मन्त्रमुग्ध भएर भागवत श्रवण कार्यक्रममा मानिसहरुको उत्तिकै भिड लाग्ने गरेको छ । १०८ पटक भागवत बाचनको प्रतिज्ञा गर्नु भएका पण्डित पराजुलीले हालसम्म ८० को हाराहारीमा पुराण बाचन गरि सक्नु भएको छ ।
    निधारमा रातो ठाडो टिका, कालो तिलक, शिरमा टोपी र शरिरमा पहेलो बस्त्र पहिरिएर व्यासासनमा भागवतको पूतक अगाडी भएपछि श्री कृष्ण गोविन्द हरे मुरारे” भन्ने मन्त्रले वातावरण मन्त्रमुग्द हुन थाल्छ । साथमा रहेका सांगितिक टोलिको कलाले बातावरणलाई झन संंगितमय बनाइदिन्छ । र समय अवधिभर केहि पनि कार्यक्रम स्थल छोड्न मान्दैनन् ।
    उहाँले सार्वजनीक भागवत महापुराण लगाउने इच्छा व्यक्त गर्नु भएको छ । त्यसवाट संंकलित रकम सार्वजनिक काममै प्रयोग गर्नै उदेश्ंय रहेको वताउनु हुन्छ । आफ्m्नो धर्म, संस्कृति, परम्परा र मठ मन्दिर तथा धार्मिक सम्पदाको संरक्षण र संवर्धन गर्नु युवाहरुको दायित्व रहेको बताउँदै अव युवा जाग्नु पर्ने र कर्तव्यबोध गर्न आग्रह गर्नु भएको छ ।
    पण्डित पराजुली काभे्र कोशिपारीबाट धार्मिक अभियन्ताको रुपमा अग्रसर हुनुहु्न्छ । यो श्रावण महिना विशेष महिना र शिवमय महिना रहेकोले शिव पुराण लगायतका शिव गाथाहरु सुन्ने र सुनाउनु पर्नें सन्देश दिनु हुन्छ । कुनै पनि धर्मशास्त्र, वेद, पुराणहरुले समाजलाई दुई भागमा विभाजन नगरेको तर एकतावद्ध गर्न सहयोग गरेको उहाँकोअनुभव छ । शास्त्रले जात, धर्म, बर्गमा विभेद गरेको छैन । त्यसैले वेद र पुराणहरु मार्फत आजको समाजलाई सचेत, सजग र आधुनिक बनाउनु भूमिका खेल्नु पर्ने तर्क गर्नु हुन्छ ।
    रामायणको कथा सम्झदै उहाँ भन्नु हुन्छ ‘ं‘भगवान श्री राम चन्द्रदे सबरिको जुठो बयर खानु भएको छ ।” भगवानका भक्तको लागि भगवानले जात र धर्मको आधारमा विभेद गर्ने भए रामचन्द्रले पनि गर्नु पर्ने हो । तर शास्त्रमा कहि कतै जात र छोइछिटोको उल्लेख नभएको जिकिर गर्नु हुन्छ । हिन्दु धर्म जात विशेष नभई भक्त र भावना विशेष रहेको छ ।
    उहाँको तन, मन, धन सदासर्वदा भागवत र भगवानमा तल्ंलीन रहन्छ । र आफू जुनसुकै परिस्थितमा पनि समाजसेवामा अगाडि बढेन संकल्प गर्नु हुन्छ । मानिसले पेसा संगसंंगै धर्मको रक्षा र सामाजिक कार्यलाई निरन्तरता दिन सुझाव दिनु भएको छ ।
    उहाँ हाल कागेश्वर मनोहरा नगरपालिका वडढा नंं. ७ं मा सपरिवार बसोवास गर्नु हुन्छ । पराजुलीले निरन्तर धार्मिक अभियान संंचालन गर्ने र समाजसेवाको मूल मार्गको अरु विकल्प नभएको बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार