२०८१ जेष्ठ ९, बुधबार | Wed, 22, May, 2024

विन्धवासिनी र बुडोललाई सिल्भर सामुदायिकलाई ब्रोन्ज ब्राण्ड


३२५४ पाठक संख्या

बनेपा यसवर्ष काभ्रे जिल्लाका तीनवटा सहकारीहरुले एशियाली ऋण महासंघले अन्तर्राष्ट्रिय स्तरको ब्राण्ड प्रदान गरेको छ

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन ६, बिहिबार मा प्रकाशित ७ साल अघि
  • बनेपा
    यसवर्ष काभ्रे जिल्लाका तीनवटा सहकारीहरुले एशियाली ऋण महासंघले अन्तर्राष्ट्रिय स्तरको ब्राण्ड प्रदान गरेको छ ।
    दक्षिण कोरियामा भएको उक्त कार्यक्रममा विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. र बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.लाई सिल्भर कप प्रदान गरिएको हो भने सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.लाई ब्रोन्ज कप प्रदान गरिएको हो ।
    यसअघि विन्धवासिनी साकोस सो संस्थामा २०६५ मा आबद्ध भई २०६८ सालदेखि २०६९ सालसम्म ब्रोन्ज कप पाएको थियो भने यसपटक सिल्भर कप पाउन सफल भएको हो । विन्धवासिनी साकोसका प्रमुख व्यवस्थापक के.वि. लामाले बताए । सामुदायिक साकोसले ०६९ देखि २०७३ सम्म ब्रोन्ज कप पाउन सफल भएको सामुदायिक साकोसका अधिकृत देव लामाले जानकारी दिए ।
    एशियाली विकास महासंघले एशियाका विभिन्न मुलुकमा भएका बचत तथा ऋण सहकारी संस्थाहरुलाई एशियन स्तरको सहकारीमा लैजान नेपालमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेप्स्कुन) को सक्रियतामा सञ्चालन भएको हो ।
    ब्रान्ड पाउनका लागि सहकारीहरुका मेनेजमेन्ट अडिट गर्न ८६ वटा सूचांकहरुको विश्लेषण गरी एशियाली ऋण महासंघले अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड दिने गर्छ ।
    ब्रान्डहरू प्लेटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज रहेका छन् । नेपालबाट यसवर्ष १२ वटा बचत तथा ऋण सहकारी संस्थाहरुले ब्रान्ड प्राप्त गरेका छन् । जसमध्ये ८ वटा सहकारीहरुले ब्रोन्ज र ४ वटा सहकारीहरुले सिल्भर ब्रान्ड प्राप्त गरेका छन् । सिल्भर प्राप्त गर्नेमा काभ्रेबाट विन्धवासिनी साकोस र बुडोल सामुदायिक साकोस, दोलखाको जनसचेतना साकोस र भक्तपुरको शुभकामना साकोसले दक्षिण कोरियामा भएको एशियाली ऋण महासंघको वार्षिक साधारण सभाबाट ब्रान्ड प्राप्त गरेका हुन् । सिल्भर ब्रान्ड पाउने एशियाको फिलिपिन्समा दुईवटा संस्था र नेपालका १२ वटा संस्था रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार