२०८१ जेष्ठ ९, बुधबार | Wed, 22, May, 2024

टुकुचा बुडोलमा एकीकरण


२८७२ पाठक संख्या

बनेपा टुकुचा जागरण बचत तथा ऋण सहकारी संस्था लि. उग्रचण्डी–४, नाला र बुडोल सामुदायिक बचत

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन ६, बिहिबार मा प्रकाशित ७ साल अघि
  • बनेपा
    टुकुचा जागरण बचत तथा ऋण सहकारी संस्था लि. उग्रचण्डी–४, नाला र बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., बनेपा–११, बुडोल बीच एकीकरण भएको छ ।
    शुक्रबार आयोजित एक कार्यक्रमका बीच दुई सहकारीको एकीकरण गरिएको घोषणा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डिभिजन सहकारी कार्यालयका प्रमुख चेतनाथ गिरीले सहकारीको विकाससँगै गुणस्तरीय सहकारी निर्माण गरी सेवा दिन सहकारीहरु एकीकरण हुनुपर्नेमा जोड दिँदै एकीकरण अभियानले सहकारीहरुको डुप्लिकेटिङ हुनबाट रोक्ने, ऋण प्रवाह गर्न सजिलो हुने धारणा राखेका थिए ।
    अब सहकारीहरुले सदस्यहरुको चाहनालाई मध्यनजर राखी उन्नत स्तरको कार्य गरी अगाडि बढ्नु जरुरी भैसकेको औंल्याउँदै प्रमुख गिरीले काभ्रेका सहकारीहरुमा विकृति छाएको कुरा व्यक्त गरे । हाम्रा सहरी क्षेत्रमा रहेका सहकारीहरुमा सदस्यता, ऋण प्रवाहमा डुप्लिकेटिङ रहेका छन् । काभ्रेका अधिकांश सहकारी गन्तव्यहीनमा बढ्दै गरेकाले अब सहकारीहरुले एकीकृत कार्ययोजना तयार गरी नुमना हाइड्रोपावर निर्माण गर्नुतिर लागे सहकारीबाट बचत भएको रकम सही ठाउँमा प्रयोग हुन सक्ने थियो भन्ने कुरामा डिभिजन प्रमुख गिरीले जोड दिएका थिए ।
    बुडोल सामुदायिक साकोसका अध्यक्ष रामहरी के.सी.ले हामीले संस्था एकीकरण गर्न आठवटा सहकारीहरुको भेला गरी अन्तक्र्रिया मार्फत एकीकरणको कार्य थालनी गरेका थियो, फलत आज हामी दुई सहकारी एकीकरण हुन सफल भएको जानकारी दिएका थिए ।
    सहकारीको कार्यसमितिमा बसेर इमेज कमाउने ठूलो कुरा हो र पैसा कमाउने कुरा गौण रहेको चर्चा गरेका थिए । टुकुचा जागरणमा १ हजार २ सय ४३ र बुडोल सामुदायिकमा ६ हजार ५ सय ४५ शेयरसदस्य रहेका छन् । जसमा शेयरपुँजी टुकुचा जागरणमा ४७ लाख ८५ हजार ३ सय र बुडोल सामुदायिकमा ४ करोड ३० लाख ७९ हजार १ सय रहेको छ ।
    कुल सम्पत्ति टुकुचा जागरणको ४ करोड ४६ लाख ११ हजार ७ सय र बुडोल सामुदायिकको ४६ करोड १९ लाख ९६ हजार ३ सय रहेको हिसाब विवरण प्रस्तुत गरिएको थियो भने संस्थाको एकीकृत कारोबार २०७३ असोज १ गतेबाट शुभारम्भ गरिने भएको छ । १५ गते हुने साधारणसभाले १५ सदस्यीय कार्यसमिति एवं तीन सदस्यीय लेखा समितिको निर्वाचन गर्ने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार