२०८१ जेष्ठ ९, बुधबार | Wed, 22, May, 2024

कात्तिके देउराली समाज कोरियाद्धारा एम्बुलेन्स प्रदान तेइस युवाहरुको प्रवासीभूमिबाट जन्मभूमिलाई उपहार


४७७९ पाठक संख्या

कात्तिक देउराली गाविसका २३ युवाहरुले आफ्नो पसिनाको कमाई संकलन गरी जन्मभूमिलाई एम्बुलेन्स उपहार दिएका छन्

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन ७, शुक्रबार मा प्रकाशित ७ साल अघि
  • कात्तिक देउराली गाविसका २३ युवाहरुले आफ्नो पसिनाको कमाई संकलन गरी जन्मभूमिलाई एम्बुलेन्स उपहार दिएका छन् ।
    कात्तिके देउरालीको प्रभा बहुमुखी क्याम्पस प्रांगनमा आयोजित एक समारोहकाबीच नवप्रगतिशिल युवा समाजका अध्यक्ष दिपक प्रसाद चौलागाई तथा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका चिकित्सक विशेषज्ञ नेत्रप्रसाद न्यौपानेले एम्वुलेन्स संचालक समितिलाई सो एम्बुलेन्स औपचारिकरुपमा हस्तान्तरण गरेका हुन । सो अवसरका कोरियाबाट घरविदामा आएका समाजका महासचिव केदार काफ्ले र सल्लाहकार नारायण गौतमलगायत कोरियामा कार्यरत सदस्यहरुका अभिभावकलाई प्रमाणपत्र र दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।
    नवप्रगतिशिल युवा समाज मातहत संचालन गरिने एम्वुलेन्स संचालनका लागि घटुजराज गिरीको संयोजकत्वमा कात्तिके देउरालीका स्थानीय समाजसेवी तथा अग्रज व्यक्तित्वहरुको संलग्नतामा एक समिति नै गठन गरिएको छ ।

    आफ्नो गाँउघरमा एम्वुलेन्स संचालनमा आउने खवर पाएसँगै हस्तान्तरण कार्यक्रममा स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नवप्रगतिशिल युवा समाजका अध्यक्ष दिपक चौलागाईले कोसिपारी क्षेत्रमा रहेको एम्बुलेन्स अभावको अवस्था अब नरहने बताए ।
    उनले भने–‘हामीले कात्तिके देउराली गाविसका अलवा आसपासका पोखरीचौरी, मादनकुडारी, गोठपानी चिसापानी, धुसेनी, विर्तादेउराली लगायतका गाविसका जनतालाई समेत सेवा प्रवाह गर्ने गरी एम्बुलेन्स संचालन गर्ने निधो गरेका छौ ।’ हरेक महिना प्राप्त पारिश्रामिकबाट केहि रकम छुटटयाएर एम्बुलेन्सका लागि रकम जुटाइएको कात्तिके देउराली समाज दक्षिण कोरियाका अध्यक्ष किशोर गिरीले जानकारी दिएका छन् । ‘विकट क्षेत्र कोसिपारीका जनताले आपतकालिन स्वास्थ्य सेवाको अभावमा अकालमा ज्यान गुमाउनु परेको यर्थाथलाई केहि हदसम्म भएपनि एम्बुलेन्स सुविधाले कमी ल्याउने विश्वाससहित हामीले प्रवासबाट आफ्नो पसिनाको कमाई छुट्टयाएर आफ्नो समाजका लागि केहि गर्ने अभियानको शुरुवात गरेका हौ’ समाजका अध्यक्ष गिरीको भनाई छ । ‘हजार थोपा पसिना आफ्ना लागि बनायौ, एक थोपा पसिना जन्मभूमिका लागि’ भन्ने अभियानका साथ स्थापित कात्तिके देउराली समाज, दक्षिण कोरियाले यसअघि पनि अनौपचारिकरुपमा सहयोगी हात बढाएकोमा यस पटक औपचारिक रुपमै आफ्नो जन्मभूमिप्रति सहयोगी हात बढाएको अध्यक्ष गिरीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार