२०८१ जेष्ठ ९, बुधबार | Wed, 22, May, 2024

विभिन्न कार्यक्रमका साथ बालदिवस मनाइयो


३१०३ पाठक संख्या

धुलिखेल प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बालबालिकाको नाम छुटिएको बजेट त्यसमा नै खर्च गनुपर्ने बताएका

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन ७, शुक्रबार मा प्रकाशित ७ साल अघि
  • धुलिखेल
    प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बालबालिकाको नाम छुटिएको बजेट त्यसमा नै खर्च गनुपर्ने बताएका छन । राष्ट्रिय बाल दिवस २०७३ को अवसरमा नेपाल बाल संगठन काभे्र र जिल्ला बाल कल्यान समिति द्धारा धुलिखेलमा आयोजित कार्यक्रममा प्रजिअ पन्थीले नेपाल सरकारले तोकेको र गैरसरकारी संस्थाहरुले ल्याउने बजेट बालबालिका कै नाममा खर्च गर्न आग्रह गरे ।
    बालबालिका नाममा जिल्लामा करोडौ बजेट आउँछ तर त्यसलाई हामीले बालबालिकालाई नै खर्च गरेका छौ कि अन्तै गरेका छौ, प्रजिअ पन्थीले भने यदि नाम मात्र बालबालिका खर्च अन्यन्त्र भइरहेको छ भने त्यसको अन्त्य हुनुपर्छ र आफुले पनि बुझने प्रतिवद्धता जनाए । बालबालिका भनेका देशका कर्णधार हुन, यिनीहरु मानव सस्कृतीका खम्बा हुन । प्रजिअ पन्थीले भने हरेक मुलुक विकशित र विकासोन्मुख छुट्याउने आधार भने कै बालबालिका भएको बताए । जुन देशमा बालबालिकाको अधिकारको सूनिश्चित हुन्छ ति देशहरु विकसित रहेका हुन्छ ।
    सम्बद्र्धन वाल अधिकारका्े कार्यान्वयन संविधानको भन्ने मुलु नारा रहेको कार्यक्रममा महिला बालबालिका कार्यालयकी बरिष्ठ महिला विकास अधिकृत पूर्णकुमारी श्रेष्ठ, ब्रम्ह कुमारी राजयोग धुलिखेल प्रमुख लक्ष्मी घिमिरे, नाङशाल एशोसियसन नेपालका कार्यकारी निर्देशक गुणराज मोतmान, नेपाल बाल संगठनका उपाध्यक्ष सूर्य नापीत, सचिव उद्धवप्रसाद कोइराला लगायतले बालबालिकाका बारेमा मन्तव्य राखेका थिए ।
    कार्यक्रम भन्दा अगाडी बालमन्दिर विद्यालयबाट निस्किएको विभिन्न विद्यालयको ¥यालीले धुलिखेल बजारको परिक्रमा गरेको थियो । बालबालिकाहरुले विभिन्न किसिमका नृत्य, गायन तथा कविता गजल प्रस्तुत गरे मनोरञ्जन प्रदान गरेका थिए । त्यस अवसरमा प्रजिअ पन्थीले बालबालिकाहरुलाई छात्रबृति तथा पुरस्कारहरु वितरण गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार