२०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024

भुकम्पपीडित राहत वितरण


२८१५ पाठक संख्या

बनेपा नेपाल बैंक लिमिटेड बनेपा शाखाले दैनिक २ सय जना भुकम्पपीडितहरुलाई राहत रकम वितरण गरेको

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन ८, शनिबार मा प्रकाशित ७ साल अघि
  • बनेपा
    नेपाल बैंक लिमिटेड बनेपा शाखाले दैनिक २ सय जना भुकम्पपीडितहरुलाई राहत रकम वितरण गरेको शाखा प्रबन्ध भुवन कार्कीले जानकारी दिएका छन् ।
    नेपाल बैंक बनेपा शाखालाई ढुंखर्क गाविसका १ हजार ९७, देविटार गाविसका २९ र बनेपा नगरपालिकाका १ हजार १ सय ४४ जना गरी २ हजार २ सय ५६ जनाको नाम पुनः निर्माण प्राधिकरणले छुट्याएको थियो । जसमध्ये १ हजार ६ सय ३० जना लाभग्राहीलाई १८ करोड १५ लाख रकम वितरण गरिएको प्रबन्धक कार्कीले बताए । उनले बाँकीलाई एक हप्ताभित्र रकम वितरण गरिसकिने बताएका छन् ।

    एकजना लाभग्राहीलाई लाइन बसेर कागज तयारी भएको ५ मिनेटभित्र रकम पाउने व्यवस्था नेपाल बैंक बनेपा शाखाले मिलाएको छ । दैनिक १० बजेदेखि २ः३० बजेसम्म लाइन बसेकालाई रकम वितरण गरिँदै आएको जानकारी दिए । लाभग्राहीहरुको नाम जुधेको, सम्झौता नम्बर छुटेको र केही जुधेको पनि पाइएको प्रबन्धक कार्कीले बताए ।
    भिबोर सोसाइटी डेभलप्मेन्ट बैंक बनेपा शाखाका प्रबन्धक काजीबहादुर खत्रीका अनुसार कुरुवास चापाखोरीका ४ सय ४४ जना देवीटार गाविसका ८ जना गरी ४ सय ५२ जना पुनःनिर्माण प्राधिकरणले बैंकलाई जिम्मा लगाएको बताउँदै ४ सय १० जनालाई वितरण गरिसकिएको र ४४ जनालाई रकम वितरण गर्न बाँकी रहेको जानकारी दिए ।
    शाखा प्रबन्धक खत्रीले ५ वर्ष अघि मरेको मानिसको नाममा रकम आउनु, ६० सालमा मरेको मान्छेको सेवाग्राहीमा नाम किन आयो ? के यसको जिम्मा सम्बन्धित गाविसको सचिव, दलीय संयन्त्र र गाविसमा खटेका प्राविधिकले लिनुपर्ने बताए ।
    प्रबन्धक खत्रीले शाखामा ८ जना जति विदेश गएका र मेलापाता गएका व्यक्तिहरुको नाममा एकाघर पविारका सदस्यहरुलाई मञ्जुरीनामा दिई गाविसको सिफारिस लिएर लाभग्राहीहरुलाई रकम वितरण गरिँदै आएको बताए । तर सरकारले दसैं तिहार चाड पारेर रकम वितरण गर्नु, वर्षा जस्ता कारणले रकमको सही सदुपयोग नहुने देखिन्छ, उनले भने ।
    नेपाल इन्भेष्टमेन्ट बैंक लि., बनेपालाई भिमखोरीका ७ सय ३२ र देवीटारका ५३ जनामा ६ सय २४ जना लाभग्राहीहरुलाई रकम वितरण गरिसकिएको शाखा प्रबन्धक कुमार थापाले जानकारी दिए ।
    प्रबन्धक थापाले दिनमा ४० देखि ६० जना लाभग्राहीलाई रकम वितरण गरिएको, नियमित कामका बाबजुद पनि भुकम्पपीडितहरुलाई रकम भुक्तानी दिन लागिपरेको बताए । बैंकमा छुट्याएको सबै लाभग्राहीहरुको रकम खातामा आइसकेपनि गाउँबाट कागजी प्रक्रिया मिलाएर आउन १ सय ६० जना मात्र बाँकी रहेका प्रबन्धक थापाले जानकारी दिए ।
    सिटिजन्स बैंक इन्टरनेशनल लि. बनेपाका प्रबन्धक हेमबहादुर लामाका अनुसार वनखुचौरका ४ सय ७१, पोखरीचौरीका २ सय ९९ र देवीटारसका ४५ जनाको सूची प्राप्त भएको तर १ हजार १ सय जनाको खाता भने खोलिसकेको बताएका छन् ।
    ४ सय ९० जनालाई रकम वितरण गरिसकिएको बताउँदै प्रबन्धक लामाले लाभग्राीहरुको सूचीमा नाम नमिल्नु, सम्झौता पत्रसँग सचिवले सूची नभिडाई पठाइदिनुले गर्दा समस्या परेको बताए । नियमित बैंकका कामहरुलाई कर्मचारीहरु थप गरी काम गरिरहेको बताए ।
    त्रिवेणी विकास बैंकका प्रमुख संचालन अधिकृत छविप्रसाद हुमागाईंका अुनसार ४ हजार ४ सय पुनः निर्माण प्राधिकरणले जिम्मा दिएको सबैको खाता खोलिसकेको बताउँदै उक्त बैंकले ३ सय हेटौंडाबाट र बाँकी काभ्रे जिल्लाबाट वितरण गरिने बताएका छन् । प्रमुख संचालन अधिकृत हुमागाईंले २ हजार जनाको रकम आएकोमा १ हजारको वितरण भइसकोके बताए ।
    त्रिवेणी विकास बैंक भकुण्डेवेंशी शाखाका प्रबन्धक रोहीणी प्रसाद अधिकारीले दाप्चा काँशीखण्ड नगरपालिकाले सूची दिने क्रममा रहेको र आज आइतबारबाट रकम वितरण गरी दसैंसम्म तोकिएका सेवाग्राहीलाई रकम वितरण गरिसक्ने लक्ष्य रहेको बताए । काभ्रेमा त्रिवेणी विकास बैंकको शाखा पनौती, बनेपा, भकुण्डेवेंशी र काउन्टर कुन्तावेंशीमा खोलेर सेवा दिँदै आएको छ । प्रभु बैंक बनेपाबाट विर्तादेउराली र सिम्थली गाविसका १ हजार १ सय ३४ जनाको खाता खुलेकोमा ६ सय २८ जनालाई राहत रकम वितरण गरिसकिएको शाखा प्रबन्धक योगेश पौडेलले बताए । आई.डी. विकास बैंक बनेपामा ५ सयजनाको सूची आएकोमा ४ सय ७५ जनालाई रकम भुक्तानी दिइसकिएको बैंकका कर्मचारी मोहन के.सी.ले जानकारी दिए । उक्त बैंकबाट देवीटार र घर्तिछापका लाभग्राहीहरुले रकम पाएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार