२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

देउजा प्रतिष्ठानको साधारण सभा


३४४१ पाठक संख्या

भक्तपुर देउजा वंशावली प्रतिष्ठानको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।अध्यक्ष सुरेशसिं देउजाको

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन ९, आईतबार मा प्रकाशित ७ साल अघि
  • भक्तपुर
    देउजा वंशावली प्रतिष्ठानको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।अध्यक्ष सुरेशसिं देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञी दिनेश राज पन्त रहेका थिए भने कार्यक्रममा पूर्व सहसचिव वीरेन्द्र बहादुर देउजा, डिआईजी रोमेन्द्रप्रताप सिं देउजा, पूर्व सांसद शिवबहादुर देउजा लगायतले मन्तव्य राखेका थिए ।
    सोही अवसरमा देउजा वंशावली २०७३ को विमोचन गरिएको थियो भने ऐतिहासिक दस्तावेज उपलब्ध गराउने महानुभाव र अक्षयकोषमा रकम जम्मा गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा सचिव हरिशरण देउजाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रामसुन्दर देउजाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार