२०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024

केयुको प्राध्यापक संघमा दाहाल


३२८० पाठक संख्या

धुलिखेल काठमाडौ विश्व विद्यालय प्राध्यापक संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको अध्यक्षमा डा.

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन ९, आईतबार मा प्रकाशित ७ साल अघि
  • धुलिखेल
    काठमाडौ विश्व विद्यालय प्राध्यापक संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको अध्यक्षमा डा. बेदमणि दाहाल, उपसभापतिमा खगेन्द्र आचार्य, महासचिव डा. बिकास अधिकारी, सचिव प्रकास लामिच्छाने, र कोषाध्यक्ष संगीता शाक्या चयन भएका छन । त्यस्तै सदस्यहरुमा डा समिर श्रेष्ठ, डा राजेन्द्र अधिकारी रहेका छन ।
    उद्घाटन समारोहमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति डा. जीवनराम पोखरेलको प्रमुख आतिथ्यता तथा केयु प्राध्यापक संघका अध्यक्ष डा. विभूतीरञ्जन झाले गरेका थिए । त्यस अवसरमा प्राध्यापक डा. गोविन्द केसीले सरकारले आफूस“ग गरेका सम्झौता कार्यन्वयन हुने सम्भावना कम रहेको बताए । असोज २ गतेसम्मको अल्टिमेटम दिनुभएको प्राध्यापक डा. केसीले कार्यन्वयन हुने अवश्था नभएकाले फेरी अनसन बस्ने बताएका थिए । उनले स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रको विकृती हटाउने अभियान अझै जारी रहेको बताए । जब सम्म स्वास्थ्य र शिक्षामा भएको विकृती विसङगती हट्दैन त्यो समय सम्म आन्दोलन मै रहन्छु । यसअघि ८ पटक अनसन बस्नुभएका डा. केसीसँग सरकारले ४ बु“दे सहमति गरेपछि अनसन तोड्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार