२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

क्षितिजको दशौं बार्षिक उत्सव


२४३० पाठक संख्या

बनेपा नेकपा एमालेका बरिष्ठ नेता एव पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले एमाले पार्टी प्रति गर्ने

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन ९, आईतबार मा प्रकाशित ७ साल अघि
  • बनेपा
    नेकपा एमालेका बरिष्ठ नेता एव पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले एमाले पार्टी प्रति गर्ने व्यवहारमा परिर्वतन ल्याउन आग्रह गरेका छन । उनले एमाले पार्टी प्रतिको व्यवहार परिर्वतन नगरेमा संविधान कार्यान्वयमा समेत असरपर्ने चेतावनी दिए ।
    काभे्रको बनेपामा रहेको क्षितिज बेर्डिङ्ग स्कुलको गत आइतवार भएको दशौ बार्षिक उत्सवको उद्घाटन कार्यक्रममा बोल्दै एमालेका बरिष्ठ नेता नेपालले सरकारले एमालेलाई एक्ल्याउने, शत्रुता साध्ने, कटुटता पैदा गराउने जस्ता काम गदै आएको आरोप लगाउँदै भने, यदि सरकार यहि तरिकाले अगाडी बढ्ने हो भने संविधान कार्यान्वयनमा समस्या आउन सक्छ । मुलुकमा एमाले पनि एक शतिm हो भन्दै उनले सरकारले पेलेर जाने नीति लिए मुलुकलाई असर पर्ने चेतावनी दिए ।
    संविधान निर्माण भएको एक बर्ष भएको र मुलुकका सबै जनताले खुसियाली मनाएको भन्दै नेता नेपालले कुनै व्यतिmले संविधान मान्दैनौ भन्दैमा केही फरक नपर्ने बताए । हामीले एक बर्षमा धेरै काम गरेका छौ, कति गर्न सकेनौ होला तर अर्काे माघ सम्ममा तीन चरणको चुनाव, कानुन बनाउने र प्रादेशिक संरचनाहरु खडा गर्नुपर्ने बाध्यता छ, उनले भने, यो पुरा भएन भने मुलुक पुन राजनीति संकटमा जान्छ, त्यसका लागि पनि सरकारमा बसेकाले सबै दललाई मिलाएर लैजान सक्नुपर्छ ।
    प्रधानमन्त्रीको भारत भ्रमण प्रति लक्षित गदै नेता नेपाले भने,छिमेकी सँगको सम्बन्धलाई प्रगाढ बनाउनुपर्छ भन्नेमा एमाले पनि रहेको छ तर नेपालको स्वतन्त्रता, सर्वभौमिकता, भौगोलिक अखण्डतालाई धुलिल नगर्ने गरि सम्बन्ध बनाउनुपर्नेमा एमालेको जोड्रहेको बताए । जसरी दुई हात नठोकी ताली बज्दैन त्यसैगरि नै छिमेकी सँगको सम्बन्ध पनि बराबर हुनुपर्छ । संविधान नेपालका जनताले बनाएका हुन, यहाँ कसैको सुझाव र सल्लाहको आवश्यकता छैन । नेपालको आन्तरिक मामिलामा चासो राख्ने काम छिमेकीबाट हुनुहुदैन । उनले भने ।
    संविधान जारीपछि अशान्तीलाई हटाएर शान्ती स्थापना गरेको भन्दै नेता नेपालले अव मुलुक विकास र आर्थिक समृद्धिमा लाग्ने बताए । राजनीतिक स्थायित्व हुदाँ मात्र शौक्षिक विकास हुने र यसले मुलुकलाई दक्ष जनशतिm निर्माण सहजता ल्याउने छ । यदि जनता प्रति दलहरुले इमान्दारिताका साथ जिम्मेवारी पूरा गरेमा मुलुकको विकास चाँडै गर्न सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार