२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

८५ बर्षको उमेरमा नागरिकता


२५३० पाठक संख्या

धुलिखेल मेच्छेपौवा गाविस बडा न २ का साइला तामाङले ८५ बर्षको उमेरमा नागरिकता लिएका छन

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन ९, आईतबार मा प्रकाशित ७ साल अघि
  • धुलिखेल
    मेच्छेपौवा गाविस बडा न २ का साइला तामाङले ८५ बर्षको उमेरमा नागरिकता लिएका छन ।
    तामाङ वि स १९८८ बैशाख ५ गते जन्मिएको भएपनि अहिले सम्म नागरिकता लिएका थिएनन । जिल्ला प्रशासन कार्यालय काभे्रका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बुधबार ८५ बर्षिय तामाङलाई नागरिकता दिए ।
    आफन्त कोही नभएको, एक्लै जीवन चलाउदै आएका तामाङलाई मेच्छे २ का बडा नागरिक मञ्चका संयोजक सूर्यमान तामाङ र भान्जा इमानसिं तामाङको सहयोगमा नागरिकता प्रदान गरिएको प्रजिअ पन्थीले जानकारी दिए । भूकम्पले घर भत्किएको र लाभग्राहीमा नाम समेत प्रकाशित भएपछि नागरिकताको आवश्यता प¥यो तर उहाँको कोही पनि नागरिकता सिफारिसको लागि नभएपछि आफुहरु प्रशासन कार्यालयमा समस्या लिएर आएको बडा नागरिक मञ्चका संयोजक सूर्यमानले बताए । सिडिओ साहेबले के भएको रहेछ म बुच्छु भन्नुभएको थियो,पछि दिनुभयो ।
    बोल्न खासै नजान्ने तामाङ भाषा मात्र बुझने साइला तामाङले प्रजिअ मार्फत नागरिकता पाएपछि खुशि प्रकट गर्दे हातजोडे । आफुभन्दा सानो उमेरकाले नेपाल सरकारले दिएको सेवा सुविधा लिदाँ आफुलाई किन नआएको भन्दै सोध्ने गरेको भान्जा इमानसिंले बताए । उहाँलाई हामीहरुले तपाईलाई पनि सरकारको पैसा आउँछ भनेर ल्याएका हौ । बिहावारी सम्म नगरेका तामाङको जग्गा जमिन समेत छैन । उहाँलाई नागरिकता बनाइदिन बसे आफैले पाल्नुपर्ने र जग्गा समेत दिनुपर्ने भन्दै गाँउहरु समेत आउन नमानेको सूर्यमानले बताए ।
    प्रशासकिय अधिकृत अच्युत ढुङ्गाना द्धारा हस्ताक्षरित नागरिकता बंशजको आधारमा प्रदान गरिएको छ । प्रजिअ पन्थीले अनाथ, असहाय, बृद्ध र आधार नभएकालाई नेपाल सरकारले तोकेको ऐन अन्र्तगत नागरिकता प्रमाणपत्र दिइएको जानकारी दिए । हामीले त्यहाँको स्थलगत रिर्पोट, र पाँच पुस्ते नाताका आधारमा नागरिकता दिएका छौ । बृद्ध तामाङलाई भान्जाले् पाल्दै आएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार