२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

संविधान दिवस मनाइयो


२७५१ पाठक संख्या

धुलिखेल मुलुकमा संविधान जारी भएको एक बर्ष पुगेको अवसरमा काभे्रमा पनि संविधान दिवस मनाइएको छ

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन ९, आईतबार मा प्रकाशित ७ साल अघि
  • धुलिखेल
    मुलुकमा संविधान जारी भएको एक बर्ष पुगेको अवसरमा काभे्रमा पनि संविधान दिवस मनाइएको छ । कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा दलका नेताहरु समेत उपस्थिति रहेको थियो । विहान धुलिखेलको सरस्वती बजारबाट शुरु भएको ¥यालीले बजार परिक्रममा गरेर धुलिखेल नगरपालिकाका पुगेर कार्यक्रममा परिणत भएको थियो । स्थानिय विकास अधिकारी टेकराज निरौलाको संयोजकत्वमा भएको कार्यक्रममा दलको तर्फबाट नेपाली कागे्रसका उपसभापति अच्यूत पौडेल, आधिकारी निजमती कर्मचारी युनियनका जिल्ला अध्यक्ष राजकुमार हुमागाई, जिविसका योजना तथा अनुगमन प्रशासकिय अधिकृत धोलकराज ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, डिएसपी नविनराज राई, गणपति रामहरी केसी, नेकपा एमाले उपाध्यक्ष अशोक व्याञ्जु, माओवादी केन्द्रका सचिव इन्द्र बहादुर थिङ, परिवार दलका अध्यक्ष लेखनाथ सापकोटा, सदभावनाका अध्यक्ष भीमबाहादुर तामाङ, विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार