२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

धुलिखेल अस्पतालमा आमा सेन्टर


२८८९ पाठक संख्या

धुलिखेल धुलिखेल सामुदायिक अस्पतालले मातृ तथा नवजात शिशु स्वास्थ्यको लागि ”आमा सेन्टर अफ एक्सलेनस्“ स्थापना

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन ९, आईतबार मा प्रकाशित ७ साल अघि
  • धुलिखेल
    धुलिखेल सामुदायिक अस्पतालले मातृ तथा नवजात शिशु स्वास्थ्यको लागि ”आमा सेन्टर अफ एक्सलेनस्“ स्थापना गर्ने भएको छ ।
    वान हार्ट वल्र्ड वाइड र धुलिखेल अपस्पतालले संयुतmरुपमा धुलिखेलमा उतm संस्था स्थापना गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो ।
    दिनानुदिन बढ्दै गएको मातृ तथा नवजात शिशु मृत्यु र गर्भवती महिलालाई पर्ने समस्यालाई निराकरण गर्न “आमा सेन्टर अफ एक्सलेनस्” उपयोगि हुने लक्ष्यका साथ स्थापना गर्न लागिएको धुलिखेल अस्पतालका प्रशासकिय निर्देशक डां. राजेन्द्र कोजुले जानकारी दिए ।
    नेपाल तथा अन्र्तराष्ट्रिय मातृ तथा नवजात शिशुको स्वास्थ्य क्षेत्रका सुधार ल्याउन विश्वका बिशेषज्ञहरुसँगको समन्वय, सहकार्य र स्रोत पहिचानबाट स्तरीय तालिम, अनुसन्धान, प्रशिक्षण प्रदान गर्ने मुख्य उदेश्य रहेको डा. कोजुले बताए । दुर्गम तथा ग्रामीण भेगलाई लक्षित गरि शुरुवात गर्न लागिएको यस सेन्टरले नर्स, डाक्टर तथा स्वास्थ्य कर्मीहरुलाई तालिम दिने वान हार्ट वल्र्ड वाइड नेपालका कार्यक्रम प्रमुख डा.नस्तु शर्माले जानकारी दिए । अहिले हामीले काभे्र सहित ९ जिल्लाका दुर्गम गाँउमा मातृ तथा नवजात शिशुलाई सुरक्षित गराउन तालिमले सहयोग पुग्ने अपेक्षा सहित शुरुवात गर्न लागेका छौ ।
    शर्माले भन्नुभयो, पछि यसलाई २५ जिल्ला सम्म पु¥याएर नेपाल सरकारको लक्ष्य अनुसार काम गर्ने छौ । सेन्टरले ५५ सय दक्ष जनशतmी उत्पादन गरि दुर्गम गाँउमा पठाउने जानकारी दिएको छ ।
    वान हार्टकी अध्यक्ष अर्लेने समेनले नेपालको मातृ तथा नवजात शिशु र गर्भवती महिलाको क्षेत्रमा काम गर्न पाएकोमा खुशि लागेको बताउदै यस कार्यक्रम पश्चात रोकथाम हुने विश्वास लिएको बताइन ।
    धुलिखेल सामुदायिक अस्पतालको ८ जिल्लामा २० वटा सामुदायिक स्वास्थ्य केन्द्र रहेका छन । अस्पतालले करिब २६ लाख मानिसलाई गुणस्तरीय सेवा प्रदान गर्दे आएको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार