२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

बनेपामा सुपथ मूल्य पसल


२३३३ पाठक संख्या

बनेपा बनेपाको चारदोबाटो नजिकै रहेको परिवार नियोजन संघको भवनमा काभे्र उद्योग बाणिज्य संघ र महिला

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन २०, बिहिबार मा प्रकाशित ७ साल अघि
  • बनेपा
    बनेपाको चारदोबाटो नजिकै रहेको परिवार नियोजन संघको भवनमा काभे्र उद्योग बाणिज्य संघ र महिला आधारशिला समूहले चाडपर्वलाई लक्षित गरि सूपथ मूल्य पसल संचालनमा ल्याएका छन ।
    महानचाड दसैं तथा तिहारलाई लक्षित गरि व्यापारीनगरी बनेपामा सुपथ मूल्य पसल संचालनमा ल्याइएको हो । चाडपर्वमा चाहिने अतिआवश्यक पर्ने सामानहरु बजारको मूल्य भन्दा रु २ देखी १५ रुपयाँ सम्म छुट दिइने गरि संचालनमा ल्याएको काभे्र उद्योग वाणिज्य संघका अध्यक्ष सुरकृष्ण बैद्यले जानकारी दिए । बैद्यले सुपथ मूल्य पसल तिहारको लक्ष्मी पूजा सम्म संचालनमा ल्याउने बताए ।
    अतिआवश्यक चामल, दाल, नुन, तेल, चिनी, मैदा सहित करिब ३० आइटमहरु सुपथ मूल्यमा दिने महिला आधारशिल समूहकी अध्यक्ष कमला कायष्थले जानकारी दिइन । उपभोतmा दररेट सहित राखेका छौ, कायष्थले भनिन, जा्े सुकै भएपनि दररेट अनुसार सामान दिन्छौ । अन्य बजारबाट पनि माग आएमा सुपथ मूल्य पसल संचालनमा ल्याउने काभे्र उद्योग बाणिज्य संघका अध्यक्ष बैद्यले जानकारी दिए । अहिलो बर्ष जस्तै यस बर्ष पनि उद्योग बाणिज्य संघ काभे्रको बनेपा पसल संचालनमा ल्याएको कार्यलयका व्यवस्थापक पुर्णकुमार रञ्जितले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार