२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

सिफबाट चार पत्रकार सम्मानित


१०८८० पाठक संख्या

बनेपा सामुदायिक उत्थान मञ्च (सिफ) नेपालको १७औं वार्षिक साधारण सभामा काभ्रेका क्रियाशील चार जना पत्रकारहरुलाई

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन २०, बिहिबार मा प्रकाशित ७ साल अघि
  • बनेपा
    सामुदायिक उत्थान मञ्च (सिफ) नेपालको १७औं वार्षिक साधारण सभामा काभ्रेका क्रियाशील चार जना पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
    सम्मानित हुनेहरुमा मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदीप के.सी., नवक्षितिज साप्ताहिकका सम्पादक नवराज बजगाईं, खबरचौतारी साप्ताहिकका कार्यकारी सम्पादक केशवराज पौडेल र चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतीराम तिमल्सिना रहेका छन् ।
    फण्ड बोर्डका अध्यक्ष भूमिनन्द देवकोटाले पत्रकारहरुलाई सम्मान गर्दै अबको संसार चलाउने जिम्मा पत्रकारहरुको रहेको चर्चा गर्दै पत्रकारहरुको कलम नै निकै शक्तिशाली रहेको बताए । गैरसरकारी संस्थाहरुप्रति सरकारले हेर्ने दृष्टिकोण फरक गर्नुपर्ने बताउँदै सिफ नेपालका अध्यक्ष समुद्रलाल श्रेष्ठले गर्नुभएको सामाजिक कार्यको सह्राहना समेत गरेका थिए ।
    कार्यक्रममा बनेपा नगरपालिकाका वरिष्ठ राजश्व अधिकृत ध्रुवप्रसाद नेपाल, सामाजिक विकास अधिकृत चिरञ्जीवी अर्याल, पत्रकारत्रय प्रदीप के.सी., नवराज बजगाईं र केशवराज पौडे, हनिएका अध्यक्ष प्रेम लामा, महिला स्वास्थ्य स्वयम्सेविका सरस्वती चौहान, समाजसेवी अमृतमान गोच्छे लगायतले मन्तव्य राखेका थिए ।
    स्वागत मन्तव्य योजना श्रेष्ठले गरेकी थिइन् भने यांग्री लामाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सभापतित्व अध्यक्ष समुद्रलाल श्रेष्ठले गरेका थिए । आर्थिक प्रतिवेदन कोषाध्यक्ष गंगा श्रेष्ठले प्रस्तुत गरेका थिए भने संचालन सचिव बलराम अधिकारीले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार