२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

विन्धवासिनीको २३औं साधारणसभा


४१९० पाठक संख्या

बनेपा विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.को २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन २०, बिहिबार मा प्रकाशित ७ साल अघि
  • बनेपा
    विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.को २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
    कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले संसदमा सहकारी ऐन प्रवेश गरेको जानकारी दिँदै सहकारी आन्दोलन अन्य शक्ति भन्दा बलियो भएको चर्चा गरेका थिए । सहकारीले गर्दा राष्ट्रको तेस्रो खम्बा मध्ये एक खम्बाको रुपमा खडा भएको चर्चा समेत गरेका थिए ।
    कार्यक्रममा संस्थाका सल्लाहकार एवं नेपाली कांग्रेस काभ्रेका सभापति मधुप्रसाद आचार्य, जिल्ला डिभिजन सहकारी कार्यालयका प्रमुख प्रेमप्रसाद आचार्य, राष्ट्रिय सहकारी विकास बैंकका संचालन सरिता तिमल्सिना भट्टराई, जिल्ला सहकारी संघका सचिव अमन पोटे, युवा साकोसकी संचालक देवकी आचार्य लगायतले मन्तव्य राखेका थिए ।
    संस्थाका प्रमुख व्यवस्थापक केबि लामाले संस्थाको हिजोसम्म प्रगति प्रतिवेदन प्रस्तुत गरी संस्थामा ई–बैंकिङ्ग, मोबाईल बैंकिङ्ग, शेयरसदस्यहरुको दूर्घटना बिमा, लघुवित्त विमा गर्ने लक्ष्य रहेको जानकारी दिँदै संस्थाको ऋण कारोबार शतप्रतिशत असुली भएको उल्लेख गरेका थिए भने सो अवसरमा यसवर्ष संस्थाले एक्सेस सिल्भरकप प्राप्त गरेको जनाएका थिए ।
    संस्थामा २२ हजार ६ सय ४० शेयरसदस्यबाट १६ करोड ३९ लाख ३६ हजार ८ सय रहेको जनाएको छ । निक्षेप संकलन १ अर्ब २४ करोड २५ लाख ५८ हजार ९ सय ६०, ऋण लगानी १ अर्ब ३२ करोड ५० लाख ४१ हजार १ सय ३९ र संस्थाले ७० लाख २० हजार ८ सय २६ नाफा कमाउन सफल भएको जनाइएको थियो ।
    संस्थाका उपाध्यक्ष जानुकादेवी भट्टराईले स्वागत मन्तव्य दिएकी थिइन् । सचिव रामशरण भण्डारीले वार्षिक कार्यप्रगति प्रतिवेदन तथा कोषाध्यक्ष शान्तकुमार श्रेष्ठले आयव्यय विवरण तथा आउँदो वर्षको बजेट प्रस्तुत गरेका थिए ।
    सोही अवसरमा अधिकतम शेयर खरीदकर्ता सरस्वती कर्माचार्यलाई, एसएलसीमा उत्कृष्ट अंक ल्याउन सफल हुने सदस्यका छोराछोरी तथा ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । पाँचखाल क्षेत्रीय अन्तरसमितिलाई उत्कृष्ट समितिको रुपमा पुरस्कृत गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार