२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

सामुदायिक र जगतगुरु एकीकरण


२६१४ पाठक संख्या

पनौती सामुदायिक साकोसको २२औं वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा जगतगुरु साकोस, बनेपा–१० एकीकरण भएको छ ।

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन २०, बिहिबार मा प्रकाशित ७ साल अघि
  • पनौती
    सामुदायिक साकोसको २२औं वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा जगतगुरु साकोस, बनेपा–१० एकीकरण भएको छ ।
    संस्थाका उपाध्यक्ष प्रताप ताम्राकारले संस्थाहरुको एकीकरण, संस्थागत पूँजी दशप्रतिशत थप गर्ने, लाभांश १५ प्रतिशत दिने, घोषणा सहित शेयरसदस्यहरुको जुनसुकै समयमा पनि बचत फिर्ता गर्ने र संस्थामा एटिएम कार्डका व्यवस्था गर्ने बताए ।
    कार्यक्रमका प्रमुख अतिति पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडाले सहकारीहरुले देशको आर्थिक मेरुदण्डको रुपमा काम गरेको चर्चा गर्दै गाउँगाउँमा खोलिएका सहकारीहरुले गरिबी निवारण गर्न ठूलो टेवा मिलेको बताएका थिए ।
    कार्यक्रममा सहकारी डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद आचार्य, नेप्स्कुनका संचालक सदस्य उद्धवप्रसाद सापकोटा, जिल्ला सहकारी संघका अध्यक्ष सोमप्रसाद हुमागाईं, संस्थाका सल्लाहकारद्वय दिपक थापा र शम्भुलाल श्रेष्ठ र पत्रकार महासंघका अध्यक्ष नारायण सापकोटा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
    संस्थाका प्रमुख व्यवस्थापक मदन बस्नेतले संस्थाको हालसम्मको गतिविधिबारे जानकारी गराएका थिए । सचिव मुकुन्द प्रसाद शर्माले वार्षिक गतिविधि एवं कोषाध्यक्ष राजन श्रेष्ठले आयव्यय विवरण तथा आउँदो वर्षको बजेट प्रस्तुत गरेका थिए ।
    संस्थाको शेयरसदस्य १० हजार ३ सय ५१ बाट १० करोड ४६ लाख २० हजार, निक्षेप संकलन ७७ करोड ५७ लाख ९४ हजार ४ सय १६, ऋण लगानी ७३ करोड ७८ लाख ५५ हजार ८ सय १२ रहेको छ भने वर्षको अन्त्यमा ३ करोड १७ लाख ३८ हजार १ सय ५८ नाफा कमाउन सफल भएको जानकारी दिइएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार