२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

काँग्रेस कै अग्रसरतामा महाअभियोग : गुरुङ्ग


३००१ पाठक संख्या

पनौती / नेपाली काग्रेसका नेता धनराज गुरुङ्गले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुतm लोकमान सिंह

  • नवसंकेत अनलाईन
  • २०७३ कार्तिक १४, आईतबार मा प्रकाशित ७ साल अघि
  • पनौती / नेपाली काग्रेसका नेता धनराज गुरुङ्गले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुतm लोकमान सिंह कार्कीलाई नेपाली कागे्रसले नै पहिला महाअभियोग दर्ता गराएको बताएका छन । नेपाली कागे्रस पनौती बडा न २ ले शुक्रबार गरेको कार्यक्रममा बोल्दै नेता गुरुङ्ग कागे्रसका नेता गगनकुमार थापा र आफुले लोकमानको बिरुद्धमा महाअभियोग दर्ता गराएको स्मरण गदै एमाले र माओवादीका सांसदहरुले पछि मात्र महाभियोगमा सहभागि भएको बताए ।
    नेता गुरुङ्गले पछि जो सुकैले महाअभियोग दर्ता गराएको भएपनि नेपाली कागे्रसले नै शुरु गरेकाले कागे्रसले यसमा भाग लिने बताए । माओबादी र एमालेले त पछाएका मात्र हुन ’ उनले थपे, त्यसैले यो काग्रस कै एजेण्डा हो ।’ महाअभियोगले दलहरुलाई पुन एक्कै स्थानमा ल्याएकोले पनि यसको पक्षमा कागे्रसले साथ दिने बताए । जसरी महाभुकम्पमा दलहरु एकजुट भएका छन त्यसै गरि महाअभियोग दर्ताले पनि दलहरुलाई एक जुट बनाएको छ । ‘काग्रेस, एमाले, माओबादी लोकमानको गलत कर्तुतका बारेमा उर्तिएको बताउँहुदै दलहरुलाई महाभगियोग एकै ठाँउमा ल्याउने माध्यम बनेको बताए ।
    नेपाली कागे्रसका कतिपय नेताले सत्ता समिकरणको खेलको रुपमा महाभियोग दर्ता गरेको भन्ने कुराको गुरुङ्गले खण्डन गरे । यो सक्ता समिकरणका लागि लगाएको महाअभियोग होईन, बरु संविधान कार्यन्वयन, आउदै गरेको निर्वाचन गराउन मद्दत पुगेको छ । उनले अव दलहरुले यसलाई अवसरको रुपमा लिएर एक जुट हुन लाग्नुपर्नेमा जोड्दिए ।
    कार्यक्रममा नेपाली कागे्रसका जिल्ला सभापति मधुप्रसाद आचार्य, क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाई, कागे्रस नेता भोला थापा, बडा सभापति गोपालबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार