२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

दोस्रो किस्ता वितरणको घोषणा भयो तर पीडितले पाएनन


३३१६ पाठक संख्या

रविओपी  /प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडा सहितको टोलीले साविकको रविओपी गाविसमा फागुन २७ गते तमाझामका

  • नवसंकेत अनलाईन
  • २०७३ चैत्र २५, शुक्रबार मा प्रकाशित ७ साल अघि
  • रविओपी  /प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडा सहितको टोलीले साविकको रविओपी गाविसमा फागुन २७ गते तमाझामका साथ दोस्रो किस्ता वितरण सुरु गर्यो । तर कार्यक्रम शुभारम्भ भएको एक महिना वितिसक्दा पनि एक जना भूकम्प पीडित पनि हाल सम्म दोस्रो किस्ताको रकम लिन पाएका छैनन ।
    मुलुक नयाँ संरचनामा गएसँगै गाविसहरु फेरबदल र कर्मचारी अपुग हुदाँ दोस्रो किस्ताको रकमको पखाईमा रहेका भूकम्पपीडितहरु मारमा परेका छन । रविओपी गाविस वडा न १ देखी ५ सम्म धुलिखेल नगरपालिका र बाँकी ६ देखी ९ बनेपा नगरपालिकामा गाभिएका छन । ‘दोस्रो किस्ता रकम वितरणको घोषणा गर्दा रविओपी गाविस मै थियो तर संघीय संरचना आयोगले रविओपीलाई बनेपा र धुलिखेलमा छुट्याएपछि रकम वितरणमा समस्या आएको छ ।’ राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख धु्रव गैडाले दोस्रो किस्ताको रकम वितरणमा समस्या आएको स्विर्कादै भने, रविओपी त एउटा उदाहरण मात्र हो, दोस्रो किस्ताका लागि योग्य भइसकेका थुप्रै गाविस नगरपालिकामा यो समस्या देखिएको छ ।
    मुलुक संघीय संरचनामा गएसँगै त्यस अनुसारको कर्मचारीहरु व्यवस्थापन हुन नसक्दा समस्या आएको छ । बर्षा लाग्न लागिसक्दा समेत भूकम्पपीडितहरु दोस्रो किस्ता नपाउदा मारमा परेका छन । जिल्लामा दोस्रो किस्ताका लागि ५ हजार भन्दा बढी लाभग्राहीले निवेदन दिएको शहरी विकास भवन डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवालले जानकारी दिए । ‘घर बन्नेक्रम बढेको छ तर गाविस नगरपालिका संरचना फेरवदलले काममा ढिलाइ भइरहेको छ ।’ सुवालले भन्नुभयो । काभे्रमा ६२ हजार भूकम्पपीडितले पहिलो किस्ता लगेका छन । जिल्ला समन्वय समितको खातामा ६ हजार ६३९ जना भूकम्पपीडितलाई पुग्ने रकम आएर थन्किएको डेढ महिना बढी भइसक्यो तर अझै एक जनाले पनि नलगेको जिल्ला समन्वय समिति काभे्रले जनाएको छ । भूकम्पपीडितका लागि रु ९९ करोड ५८ लाख ५० हजार रकम आएको थियो । जिल्लामा २ सय भन्दा बढी भूकम्पपीडितले घर पुरै बनाइसकेपनि अझै दोस्रो किस्ताबाटै बञ्चित रहेका छन । तर भूकम्पपीडितको घर बनाउने जिम्मेवारी लिएको कारितास नेपालले भने चण्डेनी र बल्थलीका भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम डेढ लाखको दरले बाढी रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार