२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

काभ्रेका सडक जोखिमपूर्ण


२२८३ पाठक संख्या

डाँडापारी / जिल्लाको ग्रामीण क्षेत्रमा निमार्ण भएका अधिकांश सडक जोखिमपूर्ण देखिएका छन् । जिल्लाको सदरमुकाम

  • नवसंकेत अनलाईन
  • २०७३ चैत्र २५, शुक्रबार मा प्रकाशित ७ साल अघि
  • डाँडापारी / जिल्लाको ग्रामीण क्षेत्रमा निमार्ण भएका अधिकांश सडक जोखिमपूर्ण देखिएका छन् । जिल्लाको सदरमुकाम तथा अन्य जिल्ला सँग जोडेर सडक निमार्ण गर्ने कार्यले तिव्रता पाए पनि सुरक्षाको हिसावले ती सडकहरु जोखिमपूर्ण देखिएका छन् ।
    अधिकांश सडक प्राविधिक स्टमेट विना नै निमार्ण गर्ने होडबाजी चलेपछि सडकको अवस्था भने अझ बढी जोखिमपूर्ण बन्दै गएको छ । गत साउन ३२ गते कोशीपारीको विर्तादेउरालीमा २७ जनाको ज्यान जाने गरी दुर्घटना भएको थियो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा घटनास्थल पुगेको टोलीले जोखिम सडककै कारण उक्त दुर्घटना भएको निस्र्कष निकालेको थियो ।
    डाँडापारीलाई आधारमानेर सडक निमार्ण कार्यहुँदा स्थानीयबाट रकम चन्दा तथा ऋण स्वरुप उठाएर तथा प्राविधिक स्टमेट गराए पनि स्थानीयले आफ्नो स्वार्थ अनुकुल बाटो निमार्ण गरेपछि मुख्य सडकहरु नै जोखिमपूर्ण बनेका हुन् । डाँडापारीको गोकुलेमा पुगेको कृषि विकास कार्यालयका अधिकृत तथा राजनीतिक दलका नेता चढेको गाडी दुर्घटनामा परेको थियो । उक्त सडक जोखिम भएकै कारण दुर्घटना भएको थियो । पछिल्लो समयमा प्रतिस्पर्धाका साथ डाँडापारी क्षेत्रमा छिमेकी जिल्लाहरुबाट गाउँ गाउँ सम्म खनिएका सडक पनि यही अवस्थाका रहेका छन् ।
    पनौती देखि डाँडापारी च्याम्राङ्वेसीको कलङ्सिङ सम्म पुगेका एक यात्रुले बस चालकलाई सुरक्षित यात्रा गराइदिएकोमा धन्यवाद दिँदै ड्राइभरलाई मुटु नै नभएको संज्ञा दिए । उनले भने, यस्तो जोखिमपूर्ण सडक छ भन्ने त सोचेको पनि थिइन बरु पैदल हिँडछु मोटर चाहिँ चढदिन । च्याम्राङबेशी हुँदै मिल्चे बोराङ सम्म पुग्ने गरी निमार्ण थालिएको यो सडकका केही भाग जोखिमपूर्ण रहेका र त्यसलाई छिट्टै सुधार गरिने स्थनिय दलका प्रतिनिधिहरु बताउँछन् । खोपासीबाट तालढुङ्गा पुग्ने गरी खनिएको सडकको अवस्था पनि त्यस्तै छ । ठूलै रकम खर्चेर पनि मोटर गुडन नसकेको यो सडक भौगोलिक अवस्थाका कारण पनि कठिन बनेको बताइन्छ ।
    भरपर्दो प्रविधिक इष्टमेट विना खन्न थालिएको ठूलादुर्लुङबाट मिल्चेको वडा नं ३ हुँदै मिल्चे गा.वि.स सम्म पुग्ने भनिएको सडक भूगोलको कठिनाइको कारण नै खन्न रोकिएको छ । १ किलोमिटर जति खनिएको भए पनि सिमित बजेटमा कडा चट्टानको विशाल पहरा फोर्नु पर्ने भए पछि उक्त बाटो रोकिने अवस्थामा पुगेको हो । बाटो निमार्ण गर्दा पनि सिमित बजेटबाट निमार्ण गर्नुपर्ने हुँदा अग्लो पहरामा चट्टान फोरी बनाइएको उक्त बाटो जोखिमपूर्ण बन्ने स्थानीय बताउँछन् ।
    ललितपुरको चन्दनपुरबाट मिल्चे गा.वि.सका लागि खनिएको सडक खण्डको पनि हालत पनि उस्तै छ । छयाङ् छयाङ् खोला नजिकै करिब २ सय मिटर दुरीमा बनाइएका ६ ओटा ओराला घुम्ती दुइपाङ्ग्रे सवारीका लागि नपुग रहेको उक्त सडकमा यात्रा गर्नेहरु बताउँछन् । स्थानीयले प्रतिघर २५ देखि ५० हजार सम्म दान नै गरी निमार्ण गरिएको उक्त सडकका लागि प्रति व्यक्ति ९ लाख सम्म ऋण रकम उपलब्ध गराइएको स्थानिय कुवेर तिमल्सिनाले बताए । उक्त सडकका लागि त्यस क्षेत्रका सांसद रामहरि सुवेदीले संसदीय विकास कोष बाट १७ लाख रुपैया विनियोजन गर्नु भएको छ । सडकको अवस्था जस्तो भए पनि जनताबाट माग भएका कारण रकम विनियोजन गर्न लागेकोे उनले बताए । उक्त क्षेत्रको सडक हेर्ने जि.वि.सका प्राविधिक मुक्तीनाथ सापकोटाका अनुसार उक्त सडक प्राविधिक स्टमेट विना नै निमार्ण भएको र उक्त सडकको प्राविधिक पक्षको बारेमा कुनै जानकारी नभएको उहाँले बताउनुभयो । डाँडापारी क्षेत्रका धेरै सडकहरुको अवस्था त्यस्तै छ । ऋणमा स्वेच्छिक ढंगले निमार्ण भएका ती सडकहरु प्रविधिक स्टमेट विनै निमार्ण भएक छन् उनले थपे ।
    सिपाली हुँदै डाँडापारी पुग्ने यस सडकको अवस्था पनि यस्तै छ । दशवर्ष अघि नै कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत डाँडापारी क्षेत्रमा निमार्ण भएका सडक सम्म बाटो जोडी मोटर गुडाउन थालिए पछि ती सडक जोखिमपूर्ण भएको स्थानियको भनाई छ । मुख्य सडक निमार्ण भए पछि ती पुरानै निमार्ण भएका तर प्रयोग विहिन सडकमा जोडिएका छन् । त्यस्ता सडक मर्मत नगरी संंचालन गर्न नहुने अवस्थामा भए पनि यातायातका साधन संचालन हुन थाले पछि जोखिम बढेको गोकुलेका सुरेश लामाले बताए । सडक निमार्ण मै समस्या छ । स्थानियलाई समिति मार्फत काम गर्न दिने र राजनीतिक प्र्रतिशोध नहुने हो भने सडक निमार्ण छिटो र गुणस्तरीय हुने उहाँको भनाई छ । ठेकेदारलाई काम दिँदा बजेट विचैमा सकिए झै लाग्छ । समिति मार्फत काम गर्दा राजनीतिक दलका नाममा विवाद उत्पन्न हँुदा असारमा बाटो निमार्ण शुरु हुन्छ । छिट्टै फस्यौट गर्नू पर्ने एउटा कारण स्थानीयले चाहे कै ठाउँमा बाटो पुर्याउनु पर्ने अर्को गुणस्तरको बारेमा सोच्ने कसले ? उनले प्रश्न गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार