२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

राजधानीमा साईबर सुरक्षा र अपराध सम्बन्धी तालिम सम्पन्न


२८१२ पाठक संख्या

काठमाण्डौ /हाल टोरन्टो क्यानडा निबासी एक सफल व्यसायी तथा समाज सेवा अनि आफ्नो मातृभुमि प्रति

  • नवसंकेत अनलाईन
  • २०७४ बैशाख ४, सोमबार मा प्रकाशित ७ साल अघि
  • काठमाण्डौ /हाल टोरन्टो क्यानडा निबासी एक सफल व्यसायी तथा समाज सेवा अनि आफ्नो मातृभुमि प्रति सदैब सहयोगी हात बढाउने नेपाली सपुत अधिबक्ता ध्रुब भट्टराईको प्रयास र प्रायोजकमा ट्किड्स् (TKIDS) – नेपाल ले तनहुँ जिल्ला पैत्रिक थलो भई काठमाडौंमा विभिन्न पेशा ब्याबसाय गरि बस्ने ब्यक्तिहरु र तनहुँबासी डाक्टर, ईन्जिनियर, वकिल, पत्रकारहरुलाई लक्षित गरि साईबर अपराधबाट बच्न कसरि सचेत हुने एवं कम्प्युटर, ईन्टरनेट, इमेल, मोबाईल, वाईफाई र सामाजिक सञ्जाललाई सुरक्षित तरिकाले कसरि प्रयोग गर्ने “साईबर अपराध र सुरक्षा तालिम” बिषयमा दक्ष प्रशिक्षकहरुबाट एकदिने प्रयोगात्मक तालिम आज सम्पन्न भयो ।

    कार्यक्रमलाई संयोजन गर्नको लागि अधिबक्ता प्रोफेसर यदुनाथ खनाल ज्युको सकृय सहभागिता रहेको थियो । नेपाल टेलिकमका प्रमुख आनन्दराज खनालको प्रमुख आतिथ्थेतोमा सम्पन्न सो कार्यक्रममा करिब ७० , ८० जना सहभागि थिए । सुरुवातमा बिभिन्न अतिथीहरुले कार्यक्रमलाई स्वागत गर्नुका साथै प्रायोजक ध्रुब भट्टराईको बारेमा अधिबक्ता यदुनाथ खनालले प्रकास पार्नु भएको थियो । संस्थामा आबद्द सदस्यहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने अधिबक्ता ध्रुब भट्टराईलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

    साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट फ्रोफेसर कुमार पुडासैनीले सहभागिहरुलाई करिब ६ घण्टा लामो प्रयोगात्मक प्रशिक्षण दिनु भएको थियो भने संयोजक मनिशा रानाभाट र समिर अर्यालद्वार कार्यक्रमलाई सुरुदेखि अन्तसम्म कार्यक्रम सफल बनाउनको लागि सकृय भएर लाग्नु भएको थियो । कार्यक्रमको अन्तमा सहभागिहरुले आफ्नो जिज्ञासा राखेका थिए र सबै सहभागिहरुलाई साईबर सेक्युरिटीको प्रमाणपत्र पनि बितरण गरिएको थियो ।

    साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ ।

    Source ICT Frame (अप्रिल १५, २०१७)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार