२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिटिजन्सको दशक बचत खाता


३४४५ पाठक संख्या

काठमाडौं / सिटिजन्स बैंकले आफ्नो दशौं वर्ष पुरा गरेको उपलक्ष्यमा सिटिजन्स दशक बचत खाता सेवा

  • नवसंकेत अनलाईन
  • २०७४ बैशाख १४, बिहिबार मा प्रकाशित ७ साल अघि
  • काठमाडौं / सिटिजन्स बैंकले आफ्नो दशौं वर्ष पुरा गरेको उपलक्ष्यमा सिटिजन्स दशक बचत खाता सेवा शुरु गरेको छ ।

    न्यूनतम रु. ५ हजार मौज्दान रहनुपर्ने खातामा ५ प्रतशित ब्याजदर प्राप्त गर्ने, निःशुल्क एबीबीएस, निःशुल्क डिम्याट सेवा प्राप्त गर्ने र लकर सुविधामा समेत ५० प्रतिशत छुट हुने शुभारम्भ कार्यक्रममा बैंकका अध्यक्ष शंकरप्रसाद शर्माले खाताको शुभारम्भ गर्दै बताएका थिए ।
    सोही अवसरमा बैंकले चितवन मानव सेवा आश्रम, संगीतकार संघ नेपाल, स्नो याक फाउन्डेशन, साथ र बेबी लाईफ होम, आरोग्य फाउन्डेशन, कमल निम्न माध्यमिक विद्यालय लगायतलाई गरेर २५ लाख ८० हजार सहयोग वितरण गरेको थियो । साथै, नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलंकाका उृत्कृष्ट खेलाडीहरू बीच हुने क्रिकेट खेलका लागि ३ लाख आर्थिक सहयोग समेत गर्ने जनाएका छन् ।सिटिजन्स बैंकको नाफा २१.८१ प्रतिशतले बृद्धि भएको समेत कार्यक्रममा जानकारी गराइएको थियो । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) ७२ करोड ४७ लाख रुपैँया नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने ८८ करोड २८ लाख रुपैँया कमाएको जानकारी दिइएको थियो ।
    बैंकको चुक्ता पुँजी ५ अर्ब ८७ करोड, निक्षेप २५ प्रतिशतले बढेर ५५ अर्ब ५६ करोड, कर्जा २६ प्रतिशतले बढेर ४७ अर्ब ८० करोड रहेको र बैंकको पुँजी लागत बढेर ७.१० प्रतिशत पुगेको बताइएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार