२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एक किलो सामानको तिस रुपैया ज्याला


२४४२ पाठक संख्या

अझै सुचना सञ्चार र यातायातको पहुच पुग्न नसकेको जिल्लको विकट डाडापारी क्षेत्रमा पर्ने एक दर्जन

  • नवसंकेत अनलाईन
  • २०७४ बैशाख १७, आईतबार मा प्रकाशित ७ साल अघि
  • अझै सुचना सञ्चार र यातायातको पहुच पुग्न नसकेको जिल्लको विकट डाडापारी क्षेत्रमा पर्ने एक दर्जन गाविसका स्थानियहरु एक किलो समानको तिस रुपैया ज्याला तिर्न बाध्य हुदै आएका छन् । सडक सञ्जाल नपुगेका यि गाविसहरुमा मानिसले नै बोक्नुपर्ने भएकाले महङ्गो ढुवानी तिर्नुपरेको स्थानीहरुको गुनासो छ ।

    दैनिक रुपमा उपभोग हुने खाद्यन्न लगायत अन्य सामानहरु सदरमुकाम धुलिखेल, बनेपा, पनौतीबाट लैजादा प्रति किलो ३० रुपैया भरियालाई ज्याला तिर्नुपर्ने बाध्यता रहेको साल्मेचाकल गाविसका विष्णु तिमल्सिना बताउँछन् । ‘खाद्यन्न, नुन, तेल, दाल र गाँउमा लैजादा र गाउबाट उत्पादन हुने साम्रागीको बजार सम्म ल्याउन ढुवानी बापतको ३० रुपियाँ तिर्दै आएका छौ ।’ उनले थपे ‘यो त ट्रकबाट झारेपछिको मूल्य हो, अझ ट्रकलाई त छुट्टै भाडा तिर्नुपछ ।’ समानमा तोकीएको मूल्य भन्दा तेव्बर खर्च गरेर नुन लगाएत अन्य सामाग्री किन्नुपर्ने बाध्यता रहेको डाडापारी बासीको गुनासो छ ।
    सामान्यतया बजारमा १८ रुपियाँमा पाइने एक केजि आयोडिन नुनको यहाँ किन्दा ५० भन्दा बढी मूल्य तिरेर किन्नुपर्ने बाध्यतामा डाँडापारीबासीको छ । डाँडागाउ गाविसका मिना घलान भन्छिन् शहरको भन्दा गाउमा सवै समानको दोव्वर तेव्यवर मुल्य पर्छ । यो हाम्रो रहर होईन बाध्यता हो ।
    सदरमुकाम धुलिखेलबाट ७७ किलोमीटर टाढाका गाविस बनखुचौर, घर्तीछाप, गोकुले, साल्मेचाकल, फलामेटार, डाँडागाँउ, साल्धारा लगायतका गाविसहरुका बासिन्दाले यसरी नै दैनिक आवश्यक पर्ने सामाग्री महङ्गो मूल्य तिरेर खरीद गर्नुपर्ने बाध्यता रहेको स्थानीहरुको गुनासो छ । डाँडागाउँ गाविस कि रीता घलानले भनिन् गाँउमा उत्पादन भएको खुवा छुर्पी तथा मखन गाडी लाग्ने बुढाखानी गाविससम्म ल्याउन प्रति किलो २५ रुपैया बोकनी ज्याला दिने गरेको बताईन । जंगलको असजिलो गोरेटो बाटो र गाडिसम्म पु¥याएर फर्कनै २÷३ दिन लाग्ने भएकाले महङ्गो तिर्न बाध्य भएको उनले बताईन ।
    घलान र आचार्य जस्तै यस भेगका बासिन्दाहरु यसरी नै महङ्गो मुल्य ढुवानी गर्दा उत्पान गरेको मूल्य भन्दा कममा बेच्नुपर्ने र बजारबाट ल्याएको सामानको मुल्य भन्दा तेव्बर तिरे खानुपर्ने बाध्यतामा पर्दैै आएका छन् । कोदो, फापर, मकै मात्र हुने यस भेगलाई जिल्ला कृषि विकास कार्यालयले खाद्य संकट गाविसमा राखेको छ । यहाँका अधिकास बासिन्दाको तीन महिना समेत खान नपुग्ने खाद्यन आउने गरेको स्थानीहरुको गुनासो छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार