२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दनुवार बस्तीलाई ८७ घर


२६२८ पाठक संख्या

पाँचखाल ÷ एक गैरसरकारी संस्थाले पाँचखालको दनुवार वस्तीमा भूकम्पप्रतिरोधी घर बनाएर हस्तान्तरण गरेको छ ।

  • नवसंकेत अनलाईन
  • २०७४ बैशाख १९, मंगलबार मा प्रकाशित ७ साल अघि
  • पाँचखाल ÷ एक गैरसरकारी संस्थाले पाँचखालको दनुवार वस्तीमा भूकम्पप्रतिरोधी घर बनाएर हस्तान्तरण गरेको छ । एक कार्यक्रमका वीच ह्याविट्याट फर ह्युम्यानिटी नेपालले पाँचखालको पिपलटारको दनुवार वस्तीलाई निर्मित घर हस्तान्तरण गरेको हो ।
    राष्ट्रिय पुननिर्माण प्राधिकरण काभे्रका प्रमुख धु्रव गैडाले भूकम्पपीडितलाई घरको चावी दिएर हस्तान्तरण गरे । उनले समय मै भूकम्पपीडितलाई आवास बनाएर हस्तान्तरण गरेकोमा संस्थालाई धन्यवाद दिए । उनले जिल्लामा पहिलो पटक नमुना बस्ति बनाएर सिमान्तकृत समुदायलाई सहयोग गरेर राज्यलाई सहयोग गरेकोमा धन्यवाद दिए । ह्याविट्याट फर ह्युम्यानिटी नेपालले ८ लाख बराबरको आवास बनाइ दिएको जनाएको छ । दुई कोठा पक्कि घर, भान्सा कोठा, टवाइलेट, गोवर ग्यास बनाउन सहयोग गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार