२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चण्डेनीमण्डनका आशाका धरोहर विष्णुमणि


२७३९ पाठक संख्या

चण्डेनीमण्डन, काभ्रे सदरमुकाम धुलिखेलबाट नजिकै भएपनि वत्तीमुनिको अँध्यारैमा रहेको मण्डनदेउपुर नगरपालिका ( साविकको चण्डेनीमण्डन गाविस

  • नवसंकेत अनलाईन
  • २०७४ बैशाख १९, मंगलबार मा प्रकाशित ७ साल अघि
  • चण्डेनीमण्डन, काभ्रे

    सदरमुकाम धुलिखेलबाट नजिकै भएपनि वत्तीमुनिको अँध्यारैमा रहेको मण्डनदेउपुर नगरपालिका ( साविकको चण्डेनीमण्डन गाविस ) वडा नं. १० मा पनि यतिखेर चुनावी सरगार्मी ह्वात्तै वढेको छ । यहाँ यसपटक नयाँ अनुहारहरु देखिएका छन् । यस वडामा नेपाली काँग्रेस र नेकपा एमाले वीच नै कडा प्रतिश्पर्धा हुने निश्चित भएको छ ।
    नेपाली काँग्रेसका तर्फबाट युवाहरुको नेतृत्व गर्दै विष्णुमणि नेपाल वडा अध्यक्षका लागि उमेदवार भएका छन् भने एमालेले गणेश प्रसाद नेपाललाई उमेदवार बनाएको छ । अबको नेतृत्व युवाहरुमा जानुपर्छ भन्ने मान्यता बोकेका यहाँका सयौं युवाहरुको नेतृत्व गर्दै आशाका केन्द्र बनेका विष्णुमणि नेपाल छोटो समयमै युवाहरुको मनमुटुमा बसिसकेका छन् । उनले यस अघि कुनै पोष्टमा नभए पनि गाउँमा विकास निर्माणका काममा निकै सक्रियता देखाउँदै आएका थिए । समाजसेवाका काममा सक्रियता देखाएका नेपालले गाउँमा सिंचाई ट्यांकी निर्माणमा सक्रियता मात्र देखाएनन् , धेरै ठूलो सहयोग पनि गरिसकेका छन् । उनकै पहलमा सिंचाई ट्यांकीहरु निर्माण गरिएका छन् भने नेपाल रेडक्रस सोसाइटी उपशाखा चण्डेनीको गठन र स्थायी भवन निर्माणमा पनि उनको ठूलो योगदान रहेको छ ।
    भूकम्पको समयमा गाउँमा राहत वितरणमा पनि उनको सक्रियता उल्लेख्य रहयो । उनकै पहलमा मण्डनदेउपुर नगरपालिकामै पहिलो पटक सामुदायिक अस्पतालको निर्माण पनि शुरु भई निर्माणाधिन अवस्थामा छ । अस्पताल भवन निर्माणका लागि उनले व्यक्तिगत रुपमै २६ लाख मुल्य बराबरको जग्गा पनि दान दिएका छन् भने विद्यालय भवन निर्माण र खानेपानी आयोजना निर्माणमा पनि उनको उल्लेख्य योगदान छ ।

    व्यवस्थापन विषयमा अध्ययन गरेर पनि ग्रामिण विकासमा लाग्ने सोचको विकास हुँदै जाँदा कसरी गाउँलाई अगाडि लैजान सकिन्छ भनेर लागि परेका नेपाल ठूलो संख्यामा विदेशिएको युवा जनशक्तिलाई कसरी स्वदेशमै रोक्न सकिएला भनेर पनि चिन्तित छन् । उनी यतिबेला युवा वर्गको लागि प्रेरणाका स्रोत पनि बनेका छन् भने स्वदेशमै रहेर पनि जस्तो काम गर्न पनि सकिन्छ भन्ने उदाहरण पनि बनेका छन् ।
    समाजसेवा समुह कुन्तावेसिमा कार्यरत रहेकै देखि समाजसेवामा सक्रियता देखाउँदै आएका उनी ०४८ सालको संसदिय चुनावमा पनि नेपाली काँग्रेसको चारतारा झण्डा बोकेर चुनाव प्रचारमा निस्किएका थिए । जतिबेला उनी १० वर्षका मात्र थिए । त्यस यता राजनितीमा कमै मात्र देखिएका र समाजसेवामा निकै अग्रसर भएका उनलाई अहिले राजनितीमा लागेरै समाजसेवा गर्ने जाँगर पनि निकै पलाएको छ । यो पटक उनले चण्डेनीमण्डनबाट चुनाव जित्न सके भने केहि वर्षमै त्यहाँको विकास निर्माणले तिव्र गति लिने युवाहरुको अपेक्षा छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार