२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

वसन्तको उल्कापात पछि भुमरी बजारमा


२६१९ पाठक संख्या

ज्ञानमणि नेपाल कालोटोपी काभ्रे काभ्रेली यूवा साहित्यकार तथा पत्रकार बसन्त नेपालको नयाँ सामाजीक उपन्यास भुमरी

  • नवसंकेत अनलाईन
  • २०७४ जेष्ठ १४, आईतबार मा प्रकाशित ७ साल अघि
  • ज्ञानमणि नेपाल कालोटोपी
    काभ्रे
    काभ्रेली यूवा साहित्यकार तथा पत्रकार बसन्त नेपालको नयाँ सामाजीक उपन्यास भुमरी बजारमा आएको छ । नेपालको उल्कापात पछिको यो दोस्रो उपन्यास हो । भुमरीलाई शिखा बुक्सले बजारमा ल्याएको हो । काभ्रे जिल्लाको मण्डन देउपुर नगरपालिका १०, चण्डेनीमण्डन निवासी (हाल ओमानमा रहेका) नेपालले भुमरी उपन्यासमा नेपालको बिनासकारी भुकम्प र यसले छिन्नभिन्न पारेको टहराबासी नेपालीहरुको जीवनशैलीलाई यथार्थ र कलात्मक रुपमा छर्लङ्ग पारेका छन ।
    काभ्रे, सिन्धुपाल्चोक, धादिङ , रसुवा लगायतका जिल्लामा भुकम्पले प्रभावित स्थानहरुको स्थलगत भ्रमण गरी तयार पारीएको उपन्यास सरल भाषामा लेखिएको छ । भुकम्प पीडितहरुले आफ्ना घर भत्किए पछि भोग्नु परेको पिडा उपन्यासमा पोखिएको छ । त्यसैगरी बैदेशिक रोजगारले समाजमा ल्याएको बिकृति, बिसंगती र खाडीमा नेपालीहरुले भोग्नु परेका पिडालाई कान्छि पात्र मार्फत नेपालले यथार्थता झल्काएका छन । जनयुद्धकालमा आफ्नो पितालाई युद्धकारीहरुले हत्या गरे पछि टुहुरी बनेकी कान्छी अन्ततः गाँस, बास र कपासको लागी खाडी मुलुक ओमान जान्छिन् । त्यहाँ अनेकौं दुःख यातना भोगी जन्मभुमी फिर्छिन । अन्ततः लेखककी प्रेमिका कान्छी क्यान्सरको शिकार हुन्छिन । जसले गर्दा प्रेम बियोगान्त बनिदिन्छ ।
    जनयुद्धकालमा बिधवा बनेका सयौँ आमाहरुको आँसु उपन्यासको पन्नाहरुमा पोखिएको छ भने लेखक र कान्छीको प्रेमलाई कलात्मक पारामा प्रस्तुत गरीएको छ । बैदेशिक रोजगार, महामारी भुकम्प र प्रेमलाई चिराफारा गरीएको यो उपन्यास अहिलेको रोचक र पठनिय रहेको शिखा बुक्सले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार