२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विन्दवासिनी मन्दिर बनाउन कपालकोटमा श्रीमद्भागवत सप्ताह


३९६६ पाठक संख्या

पनौती / पोखराको नमूना बमोजिम विन्दवासिनी मन्दिर निर्माणानार्थ बृहत श्रीमद्भागवत महापुराण सप्ताह विहीवारबाट पनौतीको कपालकोटमा

  • नवसंकेत अनलाईन
  • २०७४ जेष्ठ २१, आईतबार मा प्रकाशित ७ साल अघि
  • पनौती / पोखराको नमूना बमोजिम विन्दवासिनी मन्दिर निर्माणानार्थ बृहत श्रीमद्भागवत महापुराण सप्ताह विहीवारबाट पनौतीको कपालकोटमा शुरु भएको छ । तिमल्सिना बन्धु समाजद्धारा आयोजित सप्ताह २६ गते सम्म संचालन हुने आयोजक समितिका उपाध्यक्ष बुद्धिकृष्ण तिमल्सिनाले जानकारी दिए ।
    आचार्य युवा पण्डित श्री विष्णुहरि बडालले बाचन गर्ने कार्यक्रमको सभासद रामहरि सुवेदीले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै उनले पनौती त्रिवेणीघाट सँगै कपालकोट पनि धार्मिक महत्वको स्थान रहेको उल्लेख गर्दै यसको विकासमा सबै लाग्नु पर्ने बताए । उनले यस क्षेत्रको विकासका लागि संसदिय विकास कोषबाट काम भइरहेको जानकारी दिदै विन्धवासिनी मन्दिर निर्माणका लागि रु सात लाखदेखि १० लाखसम्म सहयोग गर्न आफु तयार रहेको बताए ।
    पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले गुरु योजना सहित कपालकोटलाई पर्यटकीय क्षेत्र बनाउन लाागिएको बताए । उनले विन्दवासिनी मन्दिर निर्माणका लागि सक्दो सहयोग गर्न आफु तयार रहेको बताए । कार्यक्रममा उपमेयर गीता बञ्जाराले वडाबाट आएका योजनाहरुलाई प्राथमिकता दिदै जाने बताइन । हाल सम्म मन्दिर निर्माणका लागि तीन लाख भन्दा बढी चन्दा संकलन भएको आयोजक समितिका कोषाध्यक्ष तुल प्रसाद तिमल्सिनाले बताए । पनौती ८ का धु्रव तिमल्सिना र बनेपाका कैलास तिमल्सिनाले २५÷२५ हजार सहयोग गरेका छन ।
    सप्ताहको आयोजकका रुपमा तिमल्सिना बन्धु समाज अन्र्तगत १०८ वर्षीय विश्वनाथ तिमल्सिना, ऋषेश्वर तिमल्सिना, बृद्धिकृष्ण तिमल्सिना, राम प्रसाद तिमल्सिना, काँगे्रस पूर्व सभापति इन्द्रमणि अधिकारी तथा सांसद रामहरि सुवेदी रहेका छन् । सप्ताहबाट उठेको रकमले पनौती ,७ मा रहेको कपालकोटमा विन्दवासिनी मन्दिर निमार्ण गरिने आयोजक समितिका अध्यक्ष ऋषेश्वर तिमल्सिनाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार