२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

होमस्टेबाट गृहिणीहरुको दिनचर्या फेरिदै


३८०८ पाठक संख्या

पनौती /  तीन वर्षअघि चुलोचौको र घरायसी काममा मात्र व्यस्त हुने पनौतीकी शिला अमात्यलाई अहिले

  • नवसंकेत अनलाईन
  • २०७४ जेष्ठ २१, आईतबार मा प्रकाशित ७ साल अघि
  • पनौती /  तीन वर्षअघि चुलोचौको र घरायसी काममा मात्र व्यस्त हुने पनौतीकी शिला अमात्यलाई अहिले भ्याइनभ्याई छ । टोलमा १५ जना महिलाको समूह गठन गरी पनौती कम्युनिटी होमस्टे खोल्न अगुवाइ गरेकी उनको अहिले दिनचर्या नै बदलिएको छ । अमात्य भन्छिन, ‘आम्दानीसँगै हामी गृहिणीहरूले विदेशी भाषा, संस्कृति र प्रविधिबारे जान्ने मौका पाएका छौँ ।’ पनौती होमस्टेमा १८ परिवार आबद्ध छन । भूकम्पपछि केही समय सुनसान भए पनि अहिले चहलपल बढेको छ ।
    पात्लेखेत होमस्टे समितिका अध्यक्ष केशव बडालका अनुसार स्वच्छ हावापानी, मनोरम हिमशृंखलाको अवलोकन गर्दै स्थानीय कला, संस्कृति र भेषभुषामा रमाउन पर्यटक आउने गरेका छन ।
    यहाँबाट नमोबुद्ध, धुलिखेल र भकुण्डे तथा पाँचखालसम्म हाइकिङ पनि जान मिल्छ । धुलिखेलका महँगा होटेलको तुलनामा सस्तोमा स्तरीय सेवा होमस्टेमा उपलब्ध छ । सात दिनको प्याकेजमा गाउँलेको घरमा जे पाक्छ, त्यही पर्यटकलाई खुवाउने गरिएको छ । ग्रामीण परिवेश र उनीहरूलाई नौलो लागेको काम सिकाउने भएकाले पनि पातलेखेत होमस्टे धेरैको आकर्षणको केन्द्र बनेको छ । गाईभैंसी दुहुने, खेतबारीको काम र प्राकृतिक सौन्दर्यमा पर्यटक हराउने गरेका छन । यस्तै, पनौती नगरपालिकाका १५ जना महिलाको समूहले पनि होमस्टे सञ्चालन गर्दै आएको छ । पनौती कम्युनिटी होमस्टेकी अध्यक्ष पनि शिला नै हुन । उनका अनुसार विदेशीलाई स्थानीय परमपराअनुसार फूलमाला, नाचगान र बाजा बजाएर स्वागत गर्दै नेपाली खाना, कला, संस्कृति र परम्परा देखाइन्छ । यो होमस्टे तीन वर्षअघि आमाहरूको समूहले सञ्चालन गर्दै आएको हो । पनौती ४ की बिनु अमात्य खुशी हुँदै भन्छिन, ‘घरमै बसेर आत्मनिर्भर भएका छौँ ।’ पर्यटकसँग घुलमिल हुन सहज होस् भनेर बुढेसकालमा अंग्रेजी सिकिसकेका उनीहरू उमेरले छेक्दैन भन्ने उदाहरण बनेका छन । पछिल्लो समय पर्यटकलाई आकर्षण गर्न आफ्नै लगानीमा साँगा भञ्ज्याङ हुँदै पनौतीसम्म हाइकिङ रुट सञ्चालनमा ल्याएका छन ।
    दैनिक १५ सय रुपैया“को प्याकेज बिक्री गरिरहेका छन । होटेलभन्दा रमणीय र सहुलियत सुविधा पाउँदा पनौती होमस्टेमा आएका स्विजरल्यान्डका रोल्स ओइभर दंग थिए । उनी भन्छन, ‘ठूला र महँगा होटेल हाम्रो देशमा पनि छन् तर यस्तो रमणीय होमस्टे छैन,’ उनी भन्छन, ‘होमस्टेबाट यहाँको कला, संस्कृति, भाषाभेष, खानपानमा रमाउन पाउँदा सोचेभन्दा बढी आनन्द प्राप्त गर्ने भयो ।’ रोयल माउन्टेन ट्राभल काठमाडौंको समन्वयमा होमस्टेमा पर्यटकहरू पठाउन बुकिङ गर्ने गरिरहेको छ । ट्राभलका प्रबन्धक शिव ढकालका अनुसार पर्यटकहरूलाई इन्द्रेश्वर मन्दिर, नमोबुद्ध, मल्पी, लायकु दरबार, त्रिवेणी घाट, बल्थलीलगायत अवलोकन गराइन्छ ।
    पनौती पर्यटन विकास केन्द्रले पनि होमस्टे सञ्चालनमा सहयोग पुयाउँदै आएको छ । धुलिखेल, नमोबुद्ध, कुशादेवी, नगरकोट, बल्थलीलगायत स्थानमा पनि होमस्टे सञ्चालनमा आएका छन । काभ्रेमा होमस्टेबाट पाँच हजारभन्दा बढीले रोजगारी पाइरहेको उद्योग वाणिज्य संघले जनाएको छ । संघले पनि होमस्टे विकास र प्रबद्र्धनका लागि तालिम लगायत सहयोग गर्दै आएको छ । पर्यटकको आगमन बढेसँगै स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुको माग बढेको छ । होमस्टेमा आएका पाहुनालाई अर्गािर्नक ताजा तरकारी र मासु आवश्यक पर्ने भएकाले व्यावसायिक तरकारी खेती र पशुपालन फस्टाएको स्थानीय रेशम तामाङ बताउँछन ।
    उनी नियमित रूपमा होमस्टेलाई तरकारी र मासु उपलब्ध गराउछन । नालधुमका वसन्त हुमागाईं होमस्टेमा आउने विदेशी पर्यटकलाई गाइड गरेर मासिक २० देखि ३० हजारसम्म कमाउँछन । पनौती ४ की ४३ वर्षीया अम्बिका आचार्य भन्छिन, ‘साधारण घरायसी खर्च र व्यवहार टार्नसमेत परिवार र श्रीमानको भर पर्नुपर्ने बाध्यता थियो, अब हामी आफैं आत्मनिर्भर भएका छौँ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार