२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पनौतीमा नवनिर्वाचितलाई बधाईको ओइरो


६२९५ पाठक संख्या

पनौती / पनौती–७ मा रहेको ज्ञान विकास सामुदायिक पुस्तकालय एवं सिकाइ केन्द्रद्धारा बैसाख ३१ गते

  • नवसंकेत अनलाईन
  • २०७४ जेष्ठ २१, आईतबार मा प्रकाशित ७ साल अघि
  • पनौती / पनौती–७ मा रहेको ज्ञान विकास सामुदायिक पुस्तकालय एवं सिकाइ केन्द्रद्धारा बैसाख ३१ गते सम्मपन्न निर्वाचनबाट निर्वाचित पनौती नगरपालिका नगर प्रमुख, नगर उप–प्रमुख र नगरपालिकाका १२ वडाहरुका वडा अध्यक्ष एवं सम्पूर्ण निर्वाचित नगर सदस्यहरुलाई स्वागत, सम्मान एवं कार्यकालको सफलताको लागि बधाई एवं शुभकामना प्रदान गरिएको छ ।

    नेपालीले सक्छौं अभियान अन्तर्गत नेपाली स्रोत र साधनमा निर्माण भएको जिल्लाकै उत्कृष्ट पुस्तकालयको आयोजनामा भएको शुभकामना कार्यक्रम ज्ञान विकास सामुदायिक पुस्तकालयका अध्यक्ष ओम कृष्ण श्रेष्ठ र नवनिर्वाचित नगरप्रमुख भीम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगरउप प्रमुख गिता बञ्जाराको विशेष आतिथ्यता रहेको थियो भने पुस्तकालयका पूर्वअध्यक्ष एवं सल्लाहकार महेश कुमार कर्माचार्य, पूर्वअध्यक्ष एवं साहित्यकार सूर्य प्रसाद लाकोजू, नवनिर्वाचित पनौती नपा–१ का वडाध्यक्ष गुनानाथ सापकोटा र वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले बोलेका थिए ।

    नवनिर्वाचित नगरप्रमुख, नगर उपप्रमुख एवं सम्पूर्ण वडाका वडाअध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको कार्यक्रममा पुस्तकालयको इतिहासको बारेमा पूर्वअध्यक्ष कर्माचार्यले र पुस्तकालय गतिविधिको बारेमा कोषाध्यक्ष रविचन्द्र कर्माचार्यले जानकारी दिए । पूर्वअध्यक्ष लाकोजूले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन सचिव सिजन सुधाकारले गरेका थिए ।

    त्यस्तै, इन्द्रेश्वर क्याम्पस पनौतीले बुधबार नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र वडासदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।
    क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ ताम्राकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडासदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सांसद रामहरी सुवेदी, क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष धनबहादुर जंगम, सदस्य तथा वडा नं. ७ का नवनिर्वाचित वडाध्यक्ष रामचन्द्र नास्नानी, क्याम्पस प्रमुख श्रीकुमार सुवाल, नवनिर्वाचित नगरप्रमुख भिम न्यौपाने लगायतले बोलेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार