२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

द स्प्रिङ लभ (उपन्यास)


७६६७ पाठक संख्या

ज्ञानमणि नेपाल कालोटोपी नेपाली साहित्यमा भर्खरै एउटा नयाँ कृति थपिएको छ । उपन्यासको रुपमा थपिएको

  • नवसंकेत अनलाईन
  • २०७४ जेष्ठ २८, आईतबार मा प्रकाशित ६ साल अघि
  • ज्ञानमणि नेपाल कालोटोपी
    नेपाली साहित्यमा भर्खरै एउटा नयाँ कृति थपिएको छ । उपन्यासको रुपमा थपिएको उक्त कृतिको नाम हो द स्प्रिङ लभ । युवा साहित्यकार विनोदकुमार श्रेष्ठको प्रयासले द स्प्रिङ लभ जन्मिएको हो । यसमा उनले आफू अपाङ्गता भएको नागरिक भएकाले यस्ता विरामीहरुको भोगाईलाई अनुभवको रुपमा उतारेका छन् । शारिरीक रुपमा अपाङ्गता भएपनि मानसिक रुपमा उनीहरु सक्षम हुन्छन भनेर देखाउन खोज्नु उनको उद्देश्य हो । स्पाइनल कर्ड इन्जुरी भएको व्यक्तिको प्रेमकथामा आधारित यस उपन्यासले धेरै कुराको उठान गरेको छ ।
    उपन्यासमा उनले म पात्र र रोजना विचको प्रसङ्ग जोडेका छन् । विनय नाम गरेको म पात्र स्पाइनल कर्ड इन्जुरी भएको विरामी हो । ऊ उपचारका लागि अस्पताल पुग्छ । अस्पतालमा उसलाई स्याहार गर्ने नर्सको रुपमा रोजना पात्रलाई उभ्याएका छन् । विस्तारै उनीहरुको प्रेमले जरा गाड्दै जान्छ । १ महिनाको अस्पताल बसाईमा उनीहरु यति सम्म प्रेममा परेका छन् कि एकआपसमा छुट्नै नसक्ने अवस्थामा छन् । तर रोजनाको प्रेम प्रस्तावलाई म पात्रले आफ्नो शारिरीक अवस्थाको कारण देखाएर स्विकार गर्दैन । तैपनि अस्पतालबाट डिस्चार्ज भएको दिन विनयलाई आफ्नै घरमा लिएर जान्छिन् रोजनाले । उनले घरमा गएपछि विनयको नुहाइ धुवाई पनि गरिदिन्छिन । पछि उनीहरुको प्रेम शारिरीक सम्पर्क सम्म पुग्छ ।
    विनय आफ्नै गाउँ फर्कनु पर्ने बाध्यताले उनीहरु एकआपसमा छुटिन्छन् । तर शारिरीक रुपमा अलग भएपनि उनीहरु भावनात्मक रुपमा धेरै नजिक छन् । एकअर्का विचको विछोडले तड्पिएका विनय र रोजना विच धेरैपटक सामाजिक सञ्जालमा कुरा पनि हुन्छ । यतिकैमा रोजना विरामी भएको र उनी कोमामा पुगेको खबरले म पात्र पनि बेहोस हुन्छ । उनलाई भेट्न विनय काठमाडौं सम्म नै पुग्छ तर भेट्न सक्दैन । किनकी रोजनालाई उपचारका लागि विदेश लगिसकिएको हुन्छ । त्यसपछि यी २ विच कहिल्यै भेट हुदैन । वियोगान्त अवस्थामा उपन्यास सकिएको छ । लेखकले आफ्ना बाल्यकालका स्मृतिलाई पनि यसमा निकै मार्मिक तरिकाले उतारेका छन् ।
    यति पढिसकेपछि पाठकलाई धेरै प्रश्नहरु उब्जन्छन् । के विरामी र नर्स विचमा भएको प्रेमको अन्तिम गन्तब्य शारिरीक सम्बन्ध मात्रै हो र ? आफू स्पाइनल कर्ड इन्जुरी भएको विरामीले कसरी यौन सम्बन्ध राख्न सक्छ ? अनि यति गहिरो प्रेममा परेको व्यक्तिले कसरी प्रेमिकाको प्रेम प्रस्तावलाई नकार्न सक्छ ? यस्ता जिज्ञासाको समाधान उपन्यासमा छैन । यहाँ निर लेखक चुकेका पो हुन् कि जस्तो लाग्नु स्वभाविक हो ।
    समग्रमा सरल भाषामा लेखिएको छ । अंग्रेजी नाम राखेर नेपाली विषयवस्तु देखाइएको छ । बुझ्न सकिने भाषा छ । तर यो यथार्थपरक उपन्यास हो झैं लाग्छ । अनुभव पनि मिसिएको छ । विषय र प्रसङ्गको तालमेल भने मिलेको पाइन्छ । पढुञ्जेल अब के होला भन्ने जिज्ञासा उब्जन्छ । यो लेखकिय क्षमता पनि हो । शब्दार्थ प्रकाशनले बजारमा ल्याएको यस उपन्यासको मुल्य २५० रहेको छ । यो भिन्न खालको प्रस्तुती रहेको लेखकको दाबी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार