२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

आइफोनको फिचरः गाडी हाँक्दा एसएमएस नआउने


२५७९ पाठक संख्या

 गाडी हाँक्दा मोबाइल प्रयोग गर्नु जोखिमपूर्ण मानिन्छ । यसैलाई मध्यनजर गरेर एप्पलले आफ्नो आइफोनमा नयाँ

  • नवसंकेत अनलाईन
  • २०७४ जेष्ठ २९, सोमबार मा प्रकाशित ६ साल अघि
  •  गाडी हाँक्दा मोबाइल प्रयोग गर्नु जोखिमपूर्ण मानिन्छ । यसैलाई मध्यनजर गरेर एप्पलले आफ्नो आइफोनमा नयाँ फिचर थप्न लागेको छ । यस फिचरले गाडी हाँकिरहेको बेलामा टेक्स्ट म्यासेज आउनबाट रोक्छ ।

    यस फिचरमा ब्लुटुथ वा केवलको प्रयोगबाट जब फोन कारमा कनेक्टेड हुन्छ र यदि कार गुडिरहेको छ भने त्यतिबेला एसएमएस वा न्यूज अपडेटका कुनै पनि नोटिफिकेसनहरु आउँदैनन् । यस्तो बेलामा यदि कसैले एसएमएस गर्‍यो भने फोनले अटोमेटिक रिप्लाई गरेर भन्छ कि तपाईंले म्यासेज पठाउनुभएका ब्यक्ति गाडी हाँकिरहनु भएको छ र म्यासेज पढ्न सक्नुहुन्न ।एप्पलले ‘डु नट डिस्टर्व ह्वाइल ड्राइभिङ’ नामक फिचर ल्याउन लागेको हो । एप्पलको आइओएस ११ (एप्पलका मोबाइलहरुका लागि अपरेटिङ सफ्टवेयरको नयाँ भर्सन) मा यसलाई समावेश गरिएको छ ।

    गाडी हाँकेको बेला आइफोन स्क्रिन पनि लक हुन्छ र ड्राइभरहरुले धेरै एपहरु प्रयोग गर्न सक्दैनन् । गाडीमा बस्ने अन्य यात्रुले भने यो फिचरलाई निस्त्रिmय बनाएर साविक बमोजिम मोबाइल प्रयोग गर्न सक्नेछन् ।

    प्रयोगकर्ताहरुले एप्पलको पथ प्रदर्शक एप ‘एप्पल म्याप’ हेर्न सक्नेछन् तर गन्तव्य इनपुट गर्न असमर्थ हुनेछन् । अन्य पथप्रदर्शक एपहरु, जस्तै गुगल म्याप, ले पनि काम गर्नेछन् तर सजिलोसँग होइन ।

    ड्राइभरहरुले एप्पल कारप्ले प्रयोग गर्न सक्नेछन्, यदि कारमा यो व्यवस्था छ भने । एप्पल कारप्ले कारको एउटा ‘इन्टरफेस’ हो, जुन ड्राइभरहरुलाई कुनै पनि टेक्स्ट म्यासेज भ्वाइस कमान्डबाट सुन्न र जवाफ दिन तथा अन्य आइफोनका फिचरहरु सुरक्षित तरिकाले प्रयोग गर्न सक्षम बनाउने गरी विशेषप्रकारले डिजाइन गरिएको हुन्छ । केही अटोमोबाइल उत्पादकहरुबाट यो उपलब्ध हुन्छ । यसले कारमा रहेको कम्युटरस्त्रिmनमार्फत काम गर्छ । -सीएनएनबाट अनुदित

    २०७४ जेठ २५ गते ११:४२ मा प्रकाशित

    Source Click Here

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार