२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विनयको कविता ुमृत्युबोधु


३९७९ पाठक संख्या

कविता संग्रह ज्ञानमणि नेपाल कालोटोपी हरेक क्षणहरुको बोध त्यतिबेला हुन्छ , जतिबेला उसले उक्त परिदृष्य

  • नवसंकेत अनलाईन
  • २०७४ जेष्ठ ३०, मंगलबार मा प्रकाशित ७ साल अघि
  • कविता संग्रह

    ज्ञानमणि नेपाल कालोटोपी

    हरेक क्षणहरुको बोध त्यतिबेला हुन्छ , जतिबेला उसले उक्त परिदृष्य भोगेको हुन्छ । तर मृत्यु , जसलाई भोग्ने मान्छेले यो कस्तो हुन्छ भनेर अनुभव गर्न सक्दैन । अरु घटनाक्रमहरुको भोगाई जतिबेला पनि हुन सक्छ । पटक पटक हुन सक्छ तर मृत्यु एकपटक मात्र हुन्छ । तर साहित्यकारहरु मृत्यु र जन्मका भोगाईलाई पनि उस्तै तरिकाले प्रस्तुत गर्छन् , मानौं उनीहरुले सबै भोगेकै पो छन् कि जसरी । हो , यस्तै अनुभव समेटेर साहित्यकार विनयकुमार शर्मा नेपाल यसपटक मृत्युबोध कविता संग्रह लिएर साहित्यमा उदाएका छन् ।
    करिव ४ दर्जन सफल कृतिहरु प्रकाशित गरिसकेका उनले यसपटक भने नयाँ खालको उपहार दिएका छन् । मृत्युबोध कविता संग्रहमा ४१ वटा कविता समेटिएको छ । सबै कविताले फरक फरक क्षणको अनुभव गराउँछ । मान्छेको जीवन र मृत्यु , अनि यी दुवैका विचमा मान्छेले गर्ने विभिन्न प्रकारका अनुभुतीहरुलाई कविताको रुप दिएर त्यसलाई पुस्तकको आकारमा प्रस्तुत गर्न सक्नु साहित्यकार नेपालको खुबि हो । मान्छे के हो ? ऊ जीवनमा सफल र असल कसरी बन्न सक्छ ? भन्ने भाव समेटिएको यो कविता संग्रहले मान्छे भएर मान्छेले मान्छेका लागि के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने कुरा सिकाउन खोजेको छ ।

    अस्ति हारें पाठ सिकें,
    हिजो जितें, पाठ सिकें ,
    हारको मातले जित दियो , 
    जीतको मातले हार दियो ।

    – हारजित कविताबाट ।

    उनले जीवनमा मान्छेले कहिले जित्छ , कहिले हार्छ , सधैं एउटै र उस्तै परिवेश हुँदैन भनेर पनि देखाउन खोजेका छन् । जित्ने मान्छेले घमण्ड गर्नु हुदैन र हार्ने मान्छेले रुदै हिड्नु पनि हुदैन । माथिको कविताको सार हो । कविले यसलाई निकै मार्मिक पारामा प्रस्तुत गरेका छन् । मान्छेले हरेकक्षण नयाँ बनाउँन प्रयास गर्छ । तर जति नयाँ बनाए पनि विस्तारै त्यो क्षण पुरानो हुन्छ । नयाँ र पुरानो भन्ने कुरा अनुभवले हुने हो । मान्छेको बाँच्ने तरिका र कर्मले उसलाई चिनाउन सक्छ । जन्मदै कोहि विशेष मान्छे हुदैन र विशेष भनिएकाहरु पनि सधैंका लागि हुँदैनन् । कुनै निश्चित समय पछि युगले
    आफैं नयाँ कुराको माग गर्छ भन्ने कुरा पनि कविता मार्फत पाठकलाई देखाउनु कवि नेपालको उद्देश्य हो ।
    समग्रमा कविता सरल छ , सरस छ र बुझ्न सकिने शैलीमा लेखिएको छ । शब्दार्थ प्रकाशनले बजारमा ल्याएको यस संग्रहको मुल्य २५० राखिएको छ । यो फरक शैलीको प्रस्तुती हुने प्रकाशकको दाबी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार