२०८१ बैशाख १, शनिबार | Sat, 13, Apr, 2024

जीवन, दर्शन र योग


३५४९ पाठक संख्या

विश्व योग दिवस भनेर जुन २१ मा संसारभरी मनाइँदैछ । प्राचीन कालदेखि नै ऋषिमुनिहरुले तपोभूमिमा

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ ३, शनिबार मा प्रकाशित ६ साल अघि
  • विश्व योग दिवस भनेर जुन २१ मा संसारभरी मनाइँदैछ ।
    प्राचीन कालदेखि नै ऋषिमुनिहरुले तपोभूमिमा गर्दै आएका कुरा आजसम्म पनि सम्पूर्ण मानव जातिका लागि शिक्षा मात्र नभएर जीवन सहज बनाउने माध्यम बन्न पुगेका छ ।
    जुन २१ मा योग दिवस त मनाइन्छ ? तर त्यस अघि योगबारे चर्चा परिचर्चा गर्नु र योग के हो ? भन्ने कुरा सम्पूर्ण जनमानसमा यसको अर्थ, लाभ, आवश्यकताबारे पनि बुझ्नु जरुरी छ ।
    योगको अर्थ समाधि, आध्यात्मिक दर्शन, आत्मदर्शन, जीवन दर्शन, जीवन, प्रबन्धन, आत्मानुशासनका साथै व्यक्ति, समाज र विश्व समुदायलाई समस्याबाट मुक्त दिने अमोध समाधान हो । त्यसैले योग के हो भन्नका लागि यसका नियम बुझ्नु जरुरी छ। यम, नियम, आसन, प्राणयाम, प्रत्याहार, धारणा, ध्यान र समाधि योगका आठ अंगहरू हुन् । यिनै आठ अंगहरुको साधना बिना कुनै पनि व्यक्ति योगी बन्न सक्दैन ।
    तसर्थ योग गर्नका लागि कुनै पनि बाधा अड्चन वा प्रतिकुल अवस्थाबाट पनि विचलित नभइ निरन्तर लक्ष्यतर्फ अविचलित भई अगाडि बढिरहनु यसको टप हो । त्यही तपद्वारा स्वस्थ, सम्बृद्ध र संस्कारवान् व्यक्ति, राष्ट्र र विश्वको निर्माण गर्न सक्दछ । यो नै योगको लक्ष्य हो । यही लक्ष्यबाट जनजनमा राष्ट्रभक्ति जगाउनका साथै आत्म जागरणको पुण्य अभियानलाई अगाडि बढाउन सकिन्छ ।
    अर्का कुरा योगबाट नै आत्मोन्नति र राष्ट्रोन्नतिको पवित्र अनुष्ठानमा आफ्नो सर्वस्व समर्पित गर्न सकिन्छ ।
    साथै मानव भित्रको अज्ञान, आग्रह, स्वार्थ, अहंकार, पूर्वाग्रह आदि नष्ट भई परमार्थ र ओंकारको भावना प्रतिष्ठित हुन जानेछ । मानवभित्रका रोग, भय, दुःख, असुरक्षा, अशान्ति, असहिष्णुता, अज्ञान, घृणा, अधैर्य, बुढापन, मृत्यु यी सबै भोगका कारण हुन् ।
    तसर्थ, यी सबैलाई परास्त गरी योग ज्ञान कै माध्यमद्वारा हटी निरोगी, अभय, सुख, सुरक्षा, शान्ति, सहिष्णुता, ज्ञानी, धैर्यपवान्, भइ सदा जीवन्त बन्न सकिन्छ ।
    योगबाट शक्ति, ज्ञानबाट मुक्ति, प्रेमबाट भक्ति प्राप्त भइ व्यक्तिको संकल्प पूर्ण हुन जान्छ । योग प्राणायाम र व्यायामबाट स्वस्थ र स्वावलम्बी बन्न सकिन्छ । कुनै पनि वैद्य डाक्टर औषधीको आवश्यकता छैन बरू आफै योगी व्यक्ति आफै औषधी प्रयोग गर्न नपर्ने डाक्टर बन्न सक्छ । योगीभित्रै औषधी र वेदका मन्त्रोच्चारणका माध्यमबाट निरोगी, आरोग्य बन्न सक्छ । त्यसैले आफूभित्रै सबेको वैद्य, गुरु, डाक्टरद्वारा स्वावलम्बी र स्वाभिमान बन्नेतिर लागौं ।
    आज संसारमा मानव दिनदिनै रोगी भइरहेछ, बढिरहेछ । कयौं अस्पताल खुलेका छन्, डाक्टर पनि नयाँ नयाँ अनुहार देखिएका छन्, बढेका छन् तर जति नयाँ चिकित्सा पद्दती अपनाइए पनि रोगको भने निदान हुन सकेका छैनन् । उल्टो नयाँ नयाँ अनौठा रोगहरु देखा परिरहेका छन् । अतः त्यस्ता चिकित्सा पद्दतीलाई चुनौती दिँदै योग शिक्षाका माध्यमले रोग, शोक र मृत्युमाथि पनि विजय प्राप्त गर्न सकेको छ ।
    तसर्थ, भोगी होइन योगी बनौं । सेवा, समुह, सत्सङ्ग, जप, मन्त्र र योगबाट जीवनलाई जीवन्त राखौं । यो भवसागर पार हुनका लागि शरीररुपी मन्दिरलाई डुङ्गा सरह मानेर यसैमा शैर गर्दै भवसागर पार गर्न सिकौं । शरीर बज्रझैं सशक्त र सबल हुनु आवश्यक छ । बिरामी र रोगी भइ बाँच्नु पाप र अपराध पनि हो । पञ्चप्राण ज्ञानेन्द्रीय र कर्मेन्द्रियलाई सही रुपमा सही ढङ्गमा ढाल्नु सक्नाले मात्र निरोगी र धर्मात्मा भनिन्छ ।
    तसर्थ, योग ध्यानकै माध्यमद्वारा चित्तलाई प्रसन्न राखी सुखीप्राति मैत्री, दुःखीप्रति करुणा राख्नाले चित्त पनि सदा प्रसन्न रहन्छ । योग साधना गर्नु, सत्गुरुको सत्सङ्ग गर्नु वा दर्शन गर्नु, उपनिषद्को ग्रन्थहरुको अध्ययन गर्नाले आत्मदृटि खुली ब्रह्मस्वरुप देखिन जान्छ ।
    इश्वरी रुपी यो प्राणलाई पुजा गर्न सिकौं । हामी सबै इश्वरका सन्तान हौं । इश्वर सच्चिदानन्द स्वरुप, न्यायकारी, निर्विकार, अनादि, अनन्त, सर्वशक्तिमान, दयालु, अनुपम, सर्वव्यापक छ । उनै इश्वरको सबैले उपासना गर्नु आवश्यक छ । उनैका हामी अमृतरुपी पुत्र हामी मानव हौं ।
    त्यसैले इश्वररुपी यो मानव चोलालाई खेर जान नदिई सही मार्गमा लाग्नुपर्दछ । मानव जीवनको उद्देश्य पूरा गर्नका लागि योग साधनाद्वारा जीवनलाइृ जीवनन्त राखौं । योगमै व्यक्तिलाई सही मार्ग देखाउने माध्यम हो, त्यसैले सदा गरौं योग, रहैं निरोग ।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार