२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दुधमा रु एक अनुदान


४५२३ पाठक संख्या

५६ लाख ६० हजार कृषकले पाउने धुलिखेल / दुध उत्पादनका लागि पहिलो जिल्ला बनेको काभे्रलाई

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ ६, मंगलबार मा प्रकाशित ७ साल अघि
  • ५६ लाख ६० हजार कृषकले पाउने

    धुलिखेल / दुध उत्पादनका लागि पहिलो जिल्ला बनेको काभे्रलाई सरकारले लिटरमा रु एक अनुदान दिने भएको छ । जिल्लाका १२ दुग्ध उत्पादन सहकारी संस्थाहरु मार्फत अनुदान दिने भएको जिल्ला पशु सेवा कार्यालयका बरिष्ठ पशु विकास अधिकृत डा. नारयाण बहादुर श्रेष्ठले जानकारी दिए । आव २०७२÷०७३ मा दुध संकलनका आधारमा रकम दिइएको श्रेष्ठ बताए ।

    श्रेष्ठका अनुसार आव २०७२÷०७३ मा सेतीदेवी दुग्ध उत्पादन सहकारी रविओपीले १२ लाख ३४ हजार ९८९ लिटर , तिमाल दुग्ध उत्पादन सहकारी मंगलटारले ९ लाख ७८ हजार ४३५ लिटर, उमादेवी कुन्ताबेशीले ६ लाख ४० हजार ८ सय लिटर, रानीटार महादेवस्थानले ६ लाख २३ हजार ७१२ लिटर, अनेकोट दुग्ध सहकारी अनेकोटले ४ लाख १० हजार ४०८ लिटर दुध संकलन भएको थियो । त्यस्तै देउराली दुग्ध सहकारी रविओपीले २ लाख ९ हजार ८९४, शिखरपुर श्रीरामपार्टी पाँचखालले २ लाख १६ हजार लिटर, देवीबाचन दुग्ध सहकारी रानीटारले २ लाख ४७ हजार ८१२ लिटर, ठुल्दीवेशी ज्याम्दीले ३ लाख ५४ हजार ८९० लिटर, देउराली दुग्ध सहकारी रविओपीले २ लाख ९८ हजार लिटर, ब्रहयणी दुग्ध सहकारी देउपुरले १ लाख ८३ हजार छ सय लिटर, कालीदेवी पात्लेखेतले २ लाख ९० हजार ५६७ लिटर र इन्द्रावती मण्डनदेउपुर दुग्ध उत्पादन सहकारीमा २ लाख ७० हजार लिटर दुध संकलन भएको थियो ।

    दैनिक ५ सय लिटर भन्दा बढी दुध संकलन गर्ने दुग्ध उत्पादन सहकारीलाई उतm रकम दिइएको बरिष्ठ पशु विकास अधिकृत श्रेष्ठले बताए । “हुन त जिल्लामा २ सय भन्दा बढी दुग्ध उत्पादन सहकारी छन तर अन्यले दैनिक ५ सय लिटर बेच्दैनन, उनले भने, बढी कृषक भएका र कृषक कै हातमा रकम पुगोस् भन्नका लागि सहकारीलाई रकम दिएका हौ ।” जिल्लामा उतm सहकारीहरले आव २०७२÷०७३ मा ५६ लाख ६० हजार ८०२ लिटर दुध संकलन गरेका थिए । त्यस कै आधारमा अनुदान रकम दिइएको हो । जिल्लामा दैनिक ३ लाख लिटर भन्दा बढी दुध उत्पादन हुने गरेको छ । काभे्र दुधमा आत्मर्निभर घोषणा भएको जिल्ला हो ।

    कुनै दुध डेरीको फोटो हाल्नुहोला

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार