२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

प्रदेश ३ का जनप्रतिनिधिलाई काँगे्रसको स्वागत


२३९८ पाठक संख्या

धुलिखेल / नेपाली काँगे्रसले काभे्र क्षेत्र न ३ ले नवनिर्वाचित प्रदेश न ३ का जनप्रतिनिधिलाई

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ ६, मंगलबार मा प्रकाशित ६ साल अघि
  • धुलिखेल / नेपाली काँगे्रसले काभे्र क्षेत्र न ३ ले नवनिर्वाचित प्रदेश न ३ का जनप्रतिनिधिलाई स्वागत गरेको छ । स्थानीय विकास मन्त्रालयको कार्यक्रममा सहभागि हुन आएका जनप्रतिनिधिलाई स्वागत गरिएको हो । कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रिय सदस्य नविन्द्रराज जोशीले नेपाली काँगे्रसबाट प्रदेश न ३ बाट नवर्निवाचित महानगर, नगरका मेयर उपमेर र गाँउपालिकाका अध्यक्ष, उपाध्यक्षहरुलाई इमान्दारीपुर्ण जनताको काम गर्न आग्रह गरेका थिए ।
    गत आइतबार धुलिखेलमा आयोजनामा भएको स्वागत तथा बधाई कार्यक्रमा बोल्दै केन्द्रिय सदस्य जोशीले पार्टीले गरेका कबुलहरुलाई पुरा गर्न अनुरोध गरे । तपाई जनताको विश्वास लिएर जित्नुभएको छ, त्यसलाई पुरा गर्न लाग्नुहोस्, काँगे्रसले गरेका घोषणापत्रलाई कार्यान्वयन गर्न अगाडी बढ्न उनले निर्देशन दिए । उनले स्थानीय तहको सरकारलाई बलियो बनाउनुपर्छ भनेर काँगे्रसले नै प्रस्ताव गरेको स्मरण गदै, यसलाई सहि रुपमा प्रयोग गर्नु पर्ने बताए । उनले केन्द्रिकितलाई बिकेन्द्रिकरण गरेकाले विकास निर्माणमा मुलुकले फट्को मार्ने दाबी गरे ।
    कार्यक्रममा काभे्र ३ का सांसद कञ्चनचन्द्र बादे, ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, धादिङ निलकण्ठ नगरपालिका मेयर भीम ढुड्ढना, काभे्र ३ का क्षेत्रिय सचिव विदुर घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार