२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पुनर्निमाणको काम हामीलाई दिनुहोस्ः जनप्रतिनिधि


३५६३ पाठक संख्या

पुनर्निमाणको काम निर्वाचित जनप्रतिनिधि मार्फत गराउछौ :डा. पोखरेल धुलिखेल ÷ राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ ६, मंगलबार मा प्रकाशित ७ साल अघि
  • पुनर्निमाणको काम निर्वाचित जनप्रतिनिधि मार्फत गराउछौ :डा. पोखरेल

    धुलिखेल ÷ राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले भूकम्पबाट भत्किएका संरचनाहरुको पुनर्निमाण निर्वाचित जनप्रतिनिधि मार्फत गराउन प्राधिकरणले पहल थालेको बताएका छन । आइतवार धुलिखेलमा प्रदेश न ३ का निर्वाचित जनप्रतिनिधिहरुको अन्र्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।
    प्रदेश न ३ का १ सय १९ स्थानीय तहबाट आएका जनप्रतिनिधिहरुले पुन र्निमाणको काम स्थानीय सरकारलाई दिए छिटो र छरितो हुने आवाज उठेपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले आव २०७४÷०७५ देखि स्थानीय तहलाई नै अधिकारी दिएर पुननिर्माणको काम गर्न लागेको बताए । “हामी निर्वाचित प्रतिनिधि मार्फत नै पुनर्निमाणको काम गर्ने सोचका साथ नीतिहरु परिर्वतन गर्न लागेका छौ, उनले भने, आज तपाईहरुसँगको छलफल पनि यसलाई कसरी दिन सकिन्छ र हामीले के के गर्न सक्छौ भनेर नै गरिएको हो” । उनले ठुला आयोजना बाहेकका सबै पुननिर्माणका कामहरु स्थानीय जनप्रतिनिधि मार्फत नै गर्ने तयारी भएको बताए । “नीतिगत समस्याहरुलाई छिटो टुङग्याएर सहज तरिकाले काम गर्ने र चाँडै नतिजा दिने दिशातिर पुनर्निमाण प्राधिकरण अगाडी बढीरहेको छ” ।
    उनले जनप्रतिनिधिहरलाई स्वच्छ र निष्पक्ष ढगले काम गर्न आग्रह गरे । हामी तपाईहरुलाई अधिकार दिन तयार छौ तर तपाईहरुले इमान्दारी र जिम्मेवार भएर त्यो काम पुरा गर्नुपर्ने छ । उनले धेरै समस्याहरु समाधान हुदै गएकाले पुनर्निमाणको कामले गति लिने विश्वास लिएको बताए । उनले दोस्रो र तेस्रो किस्ताको रकम पनि स्थानीय सरकारले नै वितरण गर्ने गरि रकम पठाउन थालेको बताए । “हामी साउन १ गते देखि सबै रकम तपाईहरु कै खातामा हालिदिन्छौ, कसले घर बनायो बनाएन, कसले नियम विपरित घर बनायो, कसले घर नभत्किकन रकम लियो र को बास्ताविक भूकम्पपीडित छुट्यो, त्यो सबैको मूल्याङन, अनुगमन गर्ने अधिकारी तपाईहरुको नै हुने हो । उनले भने, यसका लागि निष्पक्ष भएर काम गर्नुहोस्, गुनासो हामीले सुन्न नपरोस ।” उनले पनुर्निमाण सँगै पीडितहरुलाई आय आर्जनका कार्यक्रमहर पनि गर्न थालेको बताए । अव घर राम्रो मात्र भएर हुदैन, उसलाई बाच्ने आधार समेत हामीले दिनुपर्छ, त्यसकालाई जीविकोर्पाजन सम्बन्धि कार्यक्रम समेत हुने बताए ।
    राष्ट्रिय पुनर्निमाण प्राधिकरणका कार्यकारी सदस्य हरिराम पराजुलीले भूकम्पबाट भत्किएका सबै संरचनाहरुको पुनर्निमाण गर्न रकम अपुग भएको बताए । “हामीलाई संरचनाको पुनर्निमाण गर्न ९ खर्ब ३८ अर्ब चाहिन्छ तर हामीसँग यसको आधी पनि रकम छैन, यसले पनि भनेजती कामले गति लिन सकेको छैन । उनले यस बर्ष भित्रमा ४ हजार स्कुल बनाइ सक्ने बताए । कार्यक्रममा प्राधिकरणका सहसचिव यमलाल भुसालले २ बर्षमा प्राधिकरणले गरेका कामहरुको जानकारी दिए । उनले अहिले सम्म ६३ हजार ८४४ घर निर्माण शुरु भएको र आव ०७४÷०७५ भित्रमा निजि आवस बनाइ सक्ने लक्ष्य प्राधिकरणको रहेको बताए ।
    कार्यक्रममा जनप्रतिनिधिहरुले पुनर्निमाणको काममा ढिलाई भएको, इन्जिनियर गाँउ नगएको, सुकुम बासी घर बनाउन रकम नदिइएको र जोखिम पूर्ण बस्तीलाई पुनस्थानतरण गर्न पहल नगरेको, जनप्रतिनिधिलाई अधिकारी नदिइएको लगायतका समस्याहरु राखेका थिए । उनीहरुले अधिकार दिए एक बर्ष भित्रमा निजी आवस बनाइ सक्ने ठोकुवा गरे ।
    रविन सरको म्यासेन्जरमा फोटो पठाइदिन्छु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार