२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

“गाउँका समस्या समाधानमा ध्यान दिनेछौं”


२६७४ पाठक संख्या

चण्डेनीमण्डन / भर्खरै सम्पन्न पहिलो चरणको स्थानिय निर्वाचनबाट चुनिएका जनप्रतिनिधीहरुले अहिले सपथसँगै पदभारको ग्रहण समेत

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ ६, मंगलबार मा प्रकाशित ७ साल अघि
  • चण्डेनीमण्डन / भर्खरै सम्पन्न पहिलो चरणको स्थानिय निर्वाचनबाट चुनिएका जनप्रतिनिधीहरुले अहिले सपथसँगै पदभारको ग्रहण समेत गरिसकेका छन् । उनीहरुले नागरिकका लागि गर्नु पर्ने काम धेरै छन् । जसमध्ये के कामबाट आफ्नो जिम्मेवारी शुरु गर्लान् त भनेर नागरिकलाई चासो हुनु स्वभाविक पनि हो । चण्डेनीमण्डन ÷ भर्खरै सम्पन्न पहिलो चरणको स्थानिय निर्वाचनबाट चुनिएका जनप्रतिनिधीहरुले अहिले सपथसँगै पदभारको ग्रहण समेत गरिसकेका छन् । उनीहरुले नागरिकका लागि गर्नु पर्ने काम धेरै छन् । जसमध्ये के कामबाट आफ्नो जिम्मेवारी शुरु गर्लान् त भनेर नागरिकलाई चासो हुनु स्वभाविक पनि हो ।  जिल्लाको मण्डनदेउपुर नगरपालिका १० का वडाअध्यक्ष विष्णुमणि नेपाल आफ्नो वडामा जहाँ अहिले सम्म विकासको सामान्य पहुँच सम्म पुगेको छैन, त्यहाँबाट आफूले काम शुरु गर्ने बताउँछन् । १५ वर्ष देखि जनप्रतिनिधी विहिन गाउँहरु सरकारी कर्मचारीको भरमै चल्दै आएका थिए । कतिपय ठाउँमा कर्मचारीहरुले नै अनियमितता गरेको र गाउँको विकास हुन नसकेको अवस्थामा अहिले चुनिएका जनप्रतिनिधीहरुको काँधमा थुप्रै जिम्मेवारीहरु आएका छन् । ‘विगतका अनियमितता अब दोहोरिने छैनन् ।’ नेपाल भन्छन् – “पछि परेको आफ्नो गाउँलाई कसरी विकास गर्ने भन्ने नै मेरो पहिलो काम हुनेछ ।” आफ्नो पदभार ग्रहण गर्दै उनले अब नागरिकले कुनै पनि समस्याका लागि केन्द्र धाउनु नपर्ने समेत बताए । अहिले निर्वाचित जनप्रतिनिधीहरुले नागरिकका लागि केन्द्रबाट दिइने सुविधा स्थानिय स्तरमै दिलाउन सक्ने अधिकार छ । त्यसैले पनि नागरिकहरु ढुक्क भएका छन् । यतिखेर गाउँका सडकहरु बिग्रिएका छन् । धाराहरुमा पानी छैन , सिंचाईं अभावले कृषकहरुले समयमा खेतीपाती लगाउन सक्ने अवस्था छैन । विजुलीका पोलहरु ढलेका छन् । भूकम्पले हरेक संरचनाहरु ध्वस्त भएको अवस्था छ । नागरिकहरु अझै टहरामै दैनिकी गुजार्दैछन् । विद्यालय भवनहरु भत्किएका छन् । गाउँमा भएका विरामीहरुले सामान्य औषधी समेत खान पाएका छैनन् । यो अवस्थामा निर्वाचित प्रतिनिधीहरुले काम गर्न सजिलो त पक्कै छैन । तर पनि नआत्तिकन क्रमैसँग यी समस्या समाधान तिर लाग्ने उनीहरुको प्रतिबद्धता छ ।  कुनैपनि सानो कामका लागि यस अघि नागरिकले धेरै समस्या झेल्नु पर्ने अवस्था थियो भने समयमा काम पनि नभएपछि दिक्क हुनु परेको धेरैले भोगेका थिए । अब भने यस्ता समस्या गाउँबाटै समाधान हुनेछन् । पदभार संहालेसँगै निर्वाचित प्रतिनिधीहरु अहिले आफ्नो वडावासिहरुका समस्या सुन्न टोलटोलमा पुगेका छन् । नागरिकहरुले पनि आफ्ना समस्याहरु खुलेरै राखिरहेको पाइएको छ । स्थानियवासि महेश नेपाल भन्छन् – “अबको ५ वर्षमा हामीले आफ्नो ठाउँको मुहार फेरिएको हेर्न पाउँ ।” यसका लागि जनप्रतिनिधीहरुले मात्र केहि गर्न नसक्ने र सबै नागरिकको साथ र सहयोगले मात्र समस्या समाधान हुने पनि उनी बताउँछन् । प्रतिनिधीहरुले पनि चुनावमा आफूले बोलेका कुराहरु पुरा गर्न तिर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार