२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

ठेकेदार भागेपछि घर निर्माण अलपत्र


२९३१ पाठक संख्या

ज्ञानमणि नेपाल कालोटोपी चण्डेनीमण्डन / विनासकारी भूकम्पले सबैभन्दा धेरै मानवीय क्षती वेहोरोको जिल्लाको मण्डनदेउपुर १०

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ ६, मंगलबार मा प्रकाशित ६ साल अघि
  • ज्ञानमणि नेपाल कालोटोपी

    चण्डेनीमण्डन / विनासकारी भूकम्पले सबैभन्दा धेरै मानवीय क्षती वेहोरोको जिल्लाको मण्डनदेउपुर १० मा भर्खरै मात्र पूर्ननिर्माण शुरु भएपनि घर बनाउने ठेकेदार भागेपछी पीडितहरु झन पीडामा परेका छन् ।

    गतवर्षको साउनदेखि यहाँका घरहरु बनाउने जिम्मा लिएका बारा जिल्ला घर बताउने ठेकेदार रामप्रित राम गत फागुनमा होली मनाउन भनेर घर गएका थिए । त्यस यता उनी अहिले सम्म सम्पर्कमा आएका छैनन् । उनले यसक्षेत्रका १३ वटा पक्कि घर बनाउने ठेक्का लिएका थिए । जसमध्ये २ वटा मात्र सम्पन्न भएका छन् । बाँकी घर निर्माण कार्य अहिले सम्म अलपत्र परेको स्थानियवासिहरुले गुनासो गरे ।

    “विश्वासमा परेर कामको जिम्मा दियौं । अहिले धोका दिएर भाग्यो ।” पीडित उमेश नेपाल भन्छन् । सबै जसोसँग होली मनाउन भनेर पैसा मागेर लग्यो तर काम गर्न आएन । अब अरु कामदार खोजेर लगाउँदा खर्च झण्डै दोब्बर लाग्ने भएपछि यहाँका भूकम्पपीडितहरु निराश भएका छन् । ठेकेदार भागेपछि उनीहरुकै समुहका केहि कामदारहरुले काम त गरिरहेका छन् र तर उनीहरुले छुट्टै ज्याला मागेपछि समस्या परेको बताइएको छ । ठेकेदारले धोका दिएका कारण यहाँ एउटा घर बनाउन डेढ देखि २ लाख सम्म वढी लागत पर्ने पीडितहरुले गुनासो गरेका छन् ।

    उसले जिम्मा लिएका धेरैजसो घरहरुमा पहिलो तल्लाको गारो निर्माण समेत सकिएको छ । ढलान, प्लाष्टर लगायतका भित्री कामहरु बाँकी नै छ । पैसा पनि काम गरेको भन्दा धेरै लगिसक्यो । अब ठेकेदार आउँदैन रे । समस्या पार्ने भयो, पीडित मध्येकै बद्री प्रसाद नेपालले चिन्ता व्यक्त गरे । राम्ररी काम गरेको भए अहिले सम्म त्यो ठेकेदारले अरु १५ वटा जति घर बनाउने काम पाउँथ्यो । विश्वासमा परियो, अहिले समस्या परेको छ । ठेकेदार सम्पर्कमा आएन, खोज्न जाउँ उसको घर पनि कहाँ हो थाहा छैन । समस्यामा परियो ।

    स्थानियस्तरमा दक्ष कामदार नभएकाले यसरी बाहिरबाट घर बनाउने मान्छे खोजेर ल्याउनु परेका कारण धोका खाएको यहाँका स्थानियहरु बताउँछन् । हामीले त धोका पायौं, अरुले घर बनाउने जिम्मा दिंदा मान्छे चिनेर मात्र काममा लगाउन पीडितहरुले सुझाव दिएका छन् । यस भेगमा अहिले सम्म ९८४ जनाले पहिलो किस्ताको रकम लिएका छन् । जस मध्ये १५७ वटा घर निर्माण शुरु गरिएको र ४४ जनाले दोस्रो किस्ताको रकम समेत पाएको यहाँको पूर्ननिर्माणमा सहयोग गरिरहेको संस्था कारितास नेपालले जनाएको छ ।

    फोटोः ठेकेदार भागेपछि निर्माण अलपत्र परेका चण्डेनीमण्डनमा निर्माण हुँदै गरेका घरहरु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार