२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा ४० प्रतिशत रोपाईमा


३००७ पाठक संख्या

बनेपा /असराको मध्ये भईसक्दा पनि काभ्रेमा भने ४० प्रतिशत मात्र रोपाई सकिएको छ । सिचाई

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ २२, बिहिबार मा प्रकाशित ७ साल अघि
  • बनेपा /असराको मध्ये भईसक्दा पनि काभ्रेमा भने ४० प्रतिशत मात्र रोपाई सकिएको छ । सिचाई नभएकै कारण आकाशे पानीको भर पर्नुपर्दा ४० प्रतिशत मात्र रोपाई सकिएको जिल्ला कृषि विकास कार्यालय काभ्रेले जनाएको छ ।

    सिचाई सुविधा नभएकाले समयमै रोपाई हुन नसकेको कृषि विकास कार्यलय काभ्रेका कृषि प्रसार अधिकृत कुष्णप्रसाद धितालले जानकारी दिए । ‘चैतेधान र मकै लगाइएका क्षेत्र बाहेक अन्यमा भने धमाधम रोपार्इँ भइरहेको छ । यस बर्ष साउनको दोस्रो हप्ता सम्ममा रोपाई सकिने अधिकृत धितालले जानकारी दिए ।

    जिल्लामा ११ हजार ३ सय १० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । २० प्रतिशतमा मात्र सिचाईको सुविधा पुगेको जिल्ला कृषि कार्यलयले जनाएको छ । अघिल्लो बर्ष असार १५ गतेभित्र ६० प्रतिशत रोपाई भईसकेको थियो । जसमा गतबर्ष ३५ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । महादेवस्थान, खोपासी, पनौती, रयाले, रविओपी, कुशादेवी, नाला धान उत्पादनको पकेट क्षेत्र मानिन्छ । काभ्रेमा खुमल, मकवानपुर, सावित्री, राम, डिवाई जातका धान लगाउने गरिएको छ ।
    काभ्रेका किसानले खुमल, मकवानपुर, सावित्री, राम, डिवाई जातका धान लगाउदै आएका छन् ।

    क्याप्सन  खेतमा रोपाई गर्दै किसान

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार