२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिंहदरवारको ढोका सबैलाई खुल्नुपर्छ


२९२१ पाठक संख्या

बनेपा / राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सेनाले सिंहदरावरको ढोका सबै जनातालाई खुलेमा मात्र सूचनाको

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ २२, बिहिबार मा प्रकाशित ७ साल अघि
  • बनेपा / राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सेनाले सिंहदरावरको ढोका सबै जनातालाई खुलेमा मात्र सूचनाको हक लागू हुने दाबी गरेकी छन । बनेपामा विहीबार सुचनाको हक संरक्षण, संर्वद्धन र प्रर्वद्धन सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा आयूतm तिम्सेनाले जुनसुकै समयमा सिंहदरवारमा गएर जनताले सूचना लिन पाउनुपर्ने बताइन ।
    नेपाल पत्रकार महासंघको आयोजना तथा राष्ट्रिय सूचना आयोगको सहयोगमा भएको कार्यक्रम नेपाल पत्रकार महासंघको भवनमा सम्पन्न भएको थियो । आयुक्त तिम्सेनाले जहिले सम्म सिंहदरवारको ढोका पूर्ण सर्बसाधारणलाई खुल्दैन त्यो दिन सम्म सूचनाको हक कार्यान्वयन हुा नसक्ने ठोकुवा गरिन । उनले हरेक मन्त्रालयको छुटै डेक्स बनाएर भएपनि जनालाई सूसूचित गराउनुपर्ने जोड दिइन । उनले सूचनाको हक १० प्रतिशत मात्र जनाताले बुझेकाले संचार माध्यमहरुले यसको बारेमा जनातालाई जागरुक गराउन आग्रह गरिन ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव सिमखडाले प्रतिस्प्रर्धाका नाममा विना प्रमाणका समाचार बन नहुनेमा जोड दिए । उनले नकारात्मका भन्दा सकारात्म दिशा तिर संचारमाध्यमा अगाडी बढ्न सके समाजमा परिर्वतन ल्याउन समस्या नरहेको बताए । उनले आफूले दिन सम्म मिल्ने सूचना दिन तयार रहेको बताउँदै पत्रकारहरुको सल्लाह सुझाव अनुसार काम गर्न तयार रहेको बताए । त्यस अवसरमा नेपाल प्रेस युनियनका उपाध्यक्ष एवम् काउन्सीलका सदस्य इश्वरी ओझाले सबै संचार माध्यमहरुलाई मर्यादित र भरपर्दाे बनाउन पहल भइरहेको बताउँदै अनालाइनलाई समेत कानुनी दायरामा ल्याउन थालिएको बताए ।
    नेपाल पत्रकार महासंघ काभे्र शाखका अध्यक्ष मोतिराम तिमल्सिनाले पत्रकार महासंघमा भइरहेका कामको जानकारी दिदै पत्रकार महासंघलाई साझा संस्थाको रुपमा अगाडी बढाउन आफू तयार रहेको बताए । कार्यक्रममा पत्रकारहरुके बाक्लो उस्थिति रहेको कार्यक्रमको संचालन सचिव नगे्रन्द्र अधिकारीले गरेका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार