२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

न्युनतम पारिश्रमीकको अन्र्तक्रिया


२३२८ पाठक संख्या

बनेपा / नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजना तथा न्युनतम पारिश्रमीक निर्धारण समितिको सहयोगमा श्रमजिवी

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ २२, बिहिबार मा प्रकाशित ६ साल अघि
  • बनेपा / नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजना तथा न्युनतम पारिश्रमीक निर्धारण समितिको सहयोगमा श्रमजिवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था बारे अन्र्तक्रिया कार्यक्रम भएको छ । विहीबार पत्रकार महासंघको भवन बुडोलमा भएको अन्र्तक्रिया कार्यक्रममा जिल्लाबाट प्रकाशित पत्रपत्रिका, प्रसारित रेडियो लगायतको उपस्थिति रहेको थियो ।
    श्रमजिवी पत्रकारहरुले न्युनतम पारिश्रमीक नपाएको गुनासो गरेका थिए भने प्रकाशकहरुले जिल्लामा स्रोत साधान र बिज्ञापन यर्थष्ट नहुदा तोके अनुसारको रकम दिन नसकेको बताएका थिए । कार्यक्रममा न्युनतम पारिश्रमीक निर्धारण समितिका सदस्य युवराज बिद्रोहीले सबै संरचार माध्यमले यसको पुर्ण पालना गर्नुपर्ने बताए । उनले सुचना विभागमा रातो कार्ड लिन तोके कै रकम लिएको बताएर कार्ड लिने गरेको बताए । सूचना विभागको कार्ड लिदाँ न्युनतम पारिश्रमीकले तोके अनुसारको रकम लिएको छु भन्ने तर पछि सोध्दा त्यो लेखेको मात्र हो तलव त कम लिएको छु भन्ने बढेका छन । उनले भने, यस्ता छ भने त्यसको निरुसाहित गराउ । उनले संचार माध्यमको अनुगमन गर्न संचालक समिति पूर्ण नएकाले समस्या रहेको बताए । उनले संचार गृह चलाउन सक्नेले तोकिएको तलब समेत दिनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना, निबर्तमान अध्यक्ष नारायण सापकोटा, उपाध्यक्ष रमेश न्यौपाने, सचिव नगे्रन्द्र अधिकारी, संस्थापक सदस्य विष्णु चौलागाई लगायतले मन्तव्य राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार