२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अतिक्रमण गरेर बनाइएका होटल हटाइयो


३०६२ पाठक संख्या

धुलिखेल / सामुदायिक वनलाई अतिक्रमण गरेर बनाइएका दुई होटललाई हटाइएको छ । जिल्ला वन कार्यालयले

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ २२, बिहिबार मा प्रकाशित ७ साल अघि
  • धुलिखेल / सामुदायिक वनलाई अतिक्रमण गरेर बनाइएका दुई होटललाई हटाइएको छ । जिल्ला वन कार्यालयले धुलिखेलमा रहेको गौरीशंकर सामुदायिक वनमा रहेको हजार सिढी रिर्साेट र धोवीखोला सामुदायिक वनमा रहेको धुलिखेल हाइट रिर्साेटलाई हटाएको हो ।
    जिल्लामा वन अतिक्रमण गर्ने क्रम बढ्दै गएपछि यो अभियान शुरु गरेको जिल्ला वन अधिकृत प्रेम खनालले जानकारी दिए । उनका अनुसार धुलिखेल हाइटले १ रोपनी र हजार सिढी होटलले साँढे दुई रोपनी जग्गा अतिक्रमण गरेर भवन निर्माण गरेका थिए । बषौ देखी होटेलहरु संचालनमा आएपनि हटाउन सकिएको थिएन । जनप्रतिनिधि आएसँगै सार्वजनिक स्थलमा बनेका संरचनाहरु भत्काउन सुरु भएको छ । जिल्लाको मण्डन देउपुर नगरपालिका १ मा रहेको नगरकोटमा पनि अतिक्रमण गरेर बनेका होटलका संरचनाहरु हटाउन पहल भइरहेको वन अधिकृत खनालले जानकारी दिए । नगरकोटमा पनि हामी हटाउने तयारीमा छौ तर यहाँ भतmपुर र काभे्र जिल्लाको सिमान रहेकाले दुई जिल्ला वीचको समन्वयमा हटाउने छौ । खनालले भने । जिल्लामा ३ सय हेक्टर भन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको जिल्ला वनमा तथ्याङ्क छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार